Home > Articles posted by NewsDesk (Page 513)
FEATURE
on ११ मंसिर २०७४, सोमबार १५:१९
632 views 0 secs

उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका अन्तर्गत विभिन्न २८ वटा मतदान केन्द्रको मत पेटिका हेलिकोप्टरबाट आज गोरखाको ठिंगुरेस्वाँरा हेलिप्याडमा ल्याएपछि सदरमुकामस्थित क्षेत्र नं. १ निर्वाचन कार्यालयमा भण्डारणका लागि लगिँदै। आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणको चुनाव भएको छ। प्रदेश र प्रतिनिधि सभा सदस्य छान्न भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १४:३६
602 views 0 secs

प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरेकी छिन् । ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आइतवार अपराह्न मतदान गरेकी हुन् । उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेकी मतदान अधिकृत अर्जुन लामाले जानकारी दिए । विसं १९५९ साल चैत १० गते जन्मेकी लामिछानेले […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १४:३४
704 views 0 secs

७२ बर्षे दिकबहादुर मगर आईतबार शिक्षण अस्पतालमाको आकस्मिक उपचार कक्षमा कृत्रिम स्वास्प्रश्वास लिँदै छटपटाईरहेका थिए । दुई दिनअघि छोराहरुसंग मतदान गर्ने ईच्छा ब्यक्त गरेका मगरको एक्कासि हातखुट्टा चल्न छोडेपछि मतदान गर्ने धोको अधुरै रह्यो । गाउँलेहरु पंक्तिबद्ध भई मतदान गरिरहेका बेला दोलखा मेलुङका दिकबहादुरसंगै तीन छोरा र नाति अस्प्तालको शय्यामा टोलाईरहेका थिए । उनी बिरामी […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १४:३१
699 views 0 secs

सरकारले अशुद्ध पानी बेच्ने उद्योगको कारोबार बन्द गर्ने भएको छ । पिउने पानी र उत्पादन गर्ने उद्योगमै गुणस्तरको समस्या फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारोबार बन्द गर्नेसम्मको योजना बनाएको हो । यसका लागि विभागले ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४’ जारी गरेको छ । उपभोक्ताको स्वास्थ तथा सुविधा कायम राख्न, स्वच्छ […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १४:२८
706 views 0 secs

तिब्बती धार्मिक नेता दलाई लामाले गौतम बुद्धको जन्मस्थानबारे गत महिना दिएको अभिव्यक्तिप्रति आइतबार स्पष्टिकरण दिएका छन् । निर्वासनका क्रममा भारतको धर्मशालामा रहेका लामाले ‘टिबेट डट नेट’ वेबसाइटमार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रस्ट पारेका हुन् । एक महिनाअघि भारतको मेरठमा भएको कार्यक्रममा बुद्ध नेपाल, भारत, तिब्बत वा चीन कुनै पनि देशको नभएको बताएका थिए । उक्त […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १४:२४
808 views 0 secs

एजेन्सी–पाकिस्तानका कानून मन्त्री जाहिद हामिदले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीले पनि उनको राजीनामा स्वीकृत गरेका छन् । समाचारमा जनाइए अनुसार जाहिद हामिदको राजीनामाको लागि पाकिस्तानका कयौ धार्मिक संगठनका लगभग ३ हजार मानिसले २२ दिन देखि राजीनामाको माग गरेर धर्ना दिइरहेका थिए । तहरीक–ए–लब्बेक र तहरीक –ए–रसुलुल्लाह […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १४:२०
675 views 0 secs

पोखरा – पोखरालेखनाथ महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफलमा पोखरालेखनाथलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सिसी क्यामेरा पहिलो आवश्यकता भएकामा जोड दिइएको छ । स्मार्ट सिटीको निर्माणका लागि सुरक्षा पहिलो चुनौती भएको बताउँदै कार्यक्रमका वक्ताले सिसी क्यामेरा जडानसँगै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सकिने […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १४:१५
674 views 0 secs

चितवन- पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले सिलिण्डर बम पड्काएको छ । गएराति ८ः १५ बजेको समयमा सूर्यपुरस्थित खेतको कल्भर्टमा अज्ञात समूहले ग्यास सिलिण्डर पड्काएको चितवनका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको उनको भनाई छ ।

FEATURE
on ११ मंसिर २०७४, सोमबार १४:१२
636 views 0 secs

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले देश र जनताका हितमा काम नगर्ने तीन ठूला दलका नेतालाई भोट माग्ने अधिकार नभएको बताएका छन् । सरकारमा जानका लागि मात्र चुनाव जित्न खोज्ने नेपाली काँग्रेस तथा राप्रपा र एमाले तथा माओवादीलगायतले गठबन्धन गरी जनताको घरदैलोमा आएकाले ती गठबन्धनलाई […]

FEATURE
on ११ मंसिर २०७४, सोमबार १४:०६
669 views 1 sec

गौशाला-कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ । जेल चलान हुनेमा जिल्लाको भंगहा नगरपालिका– ९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । विसं २०६२ असार १५ गते महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सदालाई […]