सोलुखुम्बु, मङ्सिर ११ सोलुखुम्बुमा लडेर एक जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–५, ज्याङदिङका ६२ वर्षीय दावा तामाङको आइतबार राति लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङ आइतबार जनजागृति मावि मतदान केन्द्रमा मतदान गरेर फर्कनेक्रममा सदरमुकाम सल्लेरीको नयाँ बजार नजिकैको खोल्सामा लडेको प्रहरीले बताएको छ । प्रहरीले उनी मतदान गर्नकै लागि सदरमुकाम आएको र […]
११ मंसिर, काठमाडौं । पानीको अभावले काकाकुल बनेको काठमाडौंले आगामी वैशाखबाट मेलम्चीमार्फत् राहत पाउनेछ । तर, विज्ञको भनाइ मान्ने हो भने सोही कारण वर्षा नलाग्दै काठमाडौंका सडक र गहिरा क्षेत्र ‘ढलमग्न’ हुनेछन् । र, नगरवासीले पानीकै कारण आहत हुनुपर्नेछ । पूर्वाधार विज्ञ सूर्यराज आचार्य मेलम्चीको पानी काठमाडौं आएपछि शहरमा ‘ढल निकास’ समस्या जटिल बन्ने बताउँछन् […]
नाममा पनि केही खास हुँदोरहेछ । इण्डोनेसियामा भएको एउटा घटनाले चाहीँ यसको पुष्टि गरेको छ । त्यहाँ एकजना युवकलाई उसको अनौठो नामका कारण नै पुलिससँग काम गर्ने मौका मिलेको छ । ती युवकको नाम पोलिसी (Polisi) हो । इण्डोनेसियाको पुलिसलाई पनि पोलिसी नै भनिन्छ । एकपटक स्थानीय पुलिसले उक्त युवकलाई लाइसेन्स विना गाडी चलाइरहेको अवस्थामा […]
बेलायतमा लास गाड्नका लागि चिहान खन्ने काम गर्ने मार्टिन हाउस नामका व्यक्ति अहिले चर्चामा छन् । उनले चिहान खनेरै वर्षको २५ हजार पाउण्ड अर्थात् झण्डै ३५ लाख रुपैयाँ आम्दानी गर्दछन् । उनको यो अनवरत संघर्षका कारण उनलाई एउटा गौरवशाली पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको नाम हो Death Oscar । उनको चिहान खन्ने कलाको सम्मानमा […]
११ मंसिर, गोरखा । गोरखाका सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याइएको छ । आइतबार साँझ मतदान सकिएसँगै शिलवन्दी गरिएका मतपेटिका सदरमुकाम जम्मा गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । ‘उत्तरी गोरखाको २८ मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनु पर्ने भएकाले आइतबार नै ल्याउन सकेनौं,’ जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले भने, ‘बाँकी सबै ठाउँको मतपेटिका आइतबार […]
नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका डा. राजन भट्टराईसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापालाई असुविधा के छ भने उनी दोस्रोपटक चुनावी मैदानमा छन् । तर, राजन चाहिँ नयाँ उम्मेदवार भएकाले बिग्रेको, भत्केको केही पनि जिम्मा लिनुपरेको छैन । हामीले बुझ्दाखेरि काठमाडौं ४ को चुनावी मुद्दा […]
दमौलीस्थित महर्षि चोकको पाँच तले भवनको भर्याङ उक्लेर दिनहुँ माथिल्लो तलामा उक्लिन कांग्रेस नेता रामचन्द्र पौडेललाई निकै समस्या हुने गरेको छ । चुनावी प्रयोजनका लागि भाडामा लिइएको सो घरको माथ्लो तलामा ७४ वर्षीय कांग्रेस वरिष्ठ नेता पौडेलका लागि बस्ने व्यवस्था मिलाइएको छ । दिनभरि चुनावी कार्यक्रममा लखतरान भएर र्फकंदा नेता पौडेलले माथिल्लो तलामा उक्लिन सकस […]
दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलको प्रतिस्पर्धी भएर पराजित बनेका एमाले उम्मेदवार किसान श्रेष्ठले यसपटक पनि उनी पौडेललाई नै प्रतिस्पर्धीका रुपमा पाएका छन् । यसअघि पौडेलसँग पराजित श्रेष्ठलाई यसपालि माओवादीले पनि साथ दिएको छ । अनलाइनखबरको टोलीले भेट्दा उनी व्यास नगरपालिका १२ को बेलघारीमा चुनावी सभा गर्ने तयारीमा थिए । स्थानीय चिया पसलमा बसेर […]
काठमाडौं, मंसिर ८ – प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको चुनाव आउन तीन दिन मात्र बाँकी रहँदा गाउँगाउँमा चहलपहल बढेको छ । काठमाडौंलगायत विभिन्न शहरमा बस्दै आएकाहरु समेत आफूनिकट दल र उम्मेदवारलाई सघाउन गाउँ फर्किएका छन् । मतदानस्थलमा पनि चुनावमा खटिएका कर्मचारी पुग्ने क्रममा छन् । चुनावी चहलपहलले तरकारी पसलेदेखि तारे होटलसम्म र खुद्रा व्यापारीदेखि कुखुरा […]
बैतडी, मंसिर १०– आइतबार बैतडीमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा ५८ प्रतिशत मत खस्यो । यो स्थानीय तहको चुनावको भन्दा १४ प्रतिशत कम हो । बैतडीमा समग्र जिल्लाको परिणाम हर्ने हो भने स्थानीय तहको जस्तो उत्साह पनि नागरिकमा भेटिएन । १ सय ८२ वटा मतदान रहेको बैतडीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भयो । अहिले सबै […]