Home > Articles posted by NewsDesk (Page 505)
FEATURE
on १३ मंसिर २०७४, बुधबार ०८:५५
776 views 1 sec

मंसिर १३, २०७४-भारतका लागि मिस वल्र्डको उपाधि जितेका ऐश्वर्या राय र प्रियंका चोपडा बलिउडमा पनि राम्रै किसिमले सफल भएका छन् । उनीहरूका पछि डायना हेडन र युक्ता मुखीले पनि अभिनेत्रीका रूपमा छोटो परिचय बनाए । विश्वसुन्दरीहरूको यस्तो पृष्ठभूमि रहेकाले, हालै चीनको सान्या सहरमा आयोजित मिस वल्र्डको उपाधि जितेकी मानुषी छिल्लरलाई पनि बलिउड प्रवेशसम्बन्धी प्रश्न सोधिनु […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार ०८:५१
672 views 1 sec

मंसिर १३, २०७४-माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका लागि चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल अहिले निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । पुत्रवियोगको पीडासँगै निर्वाचनमा होमिएका दाहाललाई कान्तिपुरले सोमबार दिनभर पछ्यायो । निर्वाचन अभियानमा आइतबार साँझ माडी पुगेर बास बसेका उनी सोमबार बिहानैदेखि साँझसम्म चुनावी भेटघाट र सभामा हतारहतार दौडिरहे । उनको दैनिकी बिहान पौने ६ […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार ०८:४८
680 views 1 sec

मंसिर १३, २०७४-एटीएमबाट पैसा चोरी गर्नेमा अधिकांश विदेशी नागरिक भेटिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो । पछिल्ला ४ वर्षयता नेपालमा एटीएमबाट पैसा चोरीका तीन दर्जनभन्दा बढी घटना भएका छन् । करिब दुई दर्जन घटना सीआईबीले अनुसन्धान गरिरहेको छ । तीमध्ये करिब ८५ प्रतिशत घटनामा विदेशी नागरिकको […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार ०८:४५
896 views 3 secs

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको लोगो र नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले सम्बन्धन रद्द गर्न आग्रह गरेको निवेदन । सामाजिक संस्थाका रूपमा स्थापित नेपालको पहिलो इन्जिनियरिङ कलेजका सञ्चालकहरूले कानुनविपरीत १० करोड रुपैयाँभन्दा बढी रकम पारिश्रमिक र सुविधाका नाममा भुक्तानी लिएका छन् मंसिर १३, २०७४-भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको खाताबाट सञ्चालकहरूको खातामा ठूलो परिमाणमा रकम हस्तान्तरण भएको भेटिएको […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार ०८:४२
948 views 1 sec

मंसिर १३, २०७४-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा दलले विगतभन्दा बेग्लै शैली अपनाउन थालेका छन् । उम्मेदवारहरूले पछिल्लो समय सांस्कृतिक कार्यक्रमसाथै सामाजिक सञ्जाललाई चुनावी प्रचारमा प्रयोग गरिरहेका छन् । चुनावी कार्यक्रमको लाइभ प्रसारण गर्न उम्मेदवारबीच होडबाजी नै चलेको छ । उनीहरू ठूला सभाभन्दा घरदैलो पुगेर मतदाता आकर्षित गर्ने प्रयासमा छन् । विगतमा जस्तो पर्चा पम्प्लेट […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार ०८:३८
634 views 0 secs

तुलसीपुर : दाङको तुलसीपुरमा बम विस्फोट हुँदा इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेका म्यादी प्रहरी विनोद चौधरीसहित नौ जना घाइते भएका छन्। घाइते मध्ये चारजना गम्भीर छन्। गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। अन्य पाँच जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइराखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सुधीरराज शाहीले जानकारी दिए। विस्फोटबाट घाइते […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार ०८:३४
634 views 0 secs

धनगढी : विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब नेपाली जनताको मन र मत बदलिन जरुरी रहेको बताएका छन्। मंगलबार यहाँ आयोजित पार्टीको चुनावी सभामा उनले भने, ‘राज्यको नीति निर्माण तहमा पुग्ने नेताको गलत सोच र व्यवहारकै कारण जनताले अपेक्षा गरेको प्रतिफल पाउन नसकेको हो ।’ संयोजक मिश्रले आसन्न […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार ०८:३०
845 views 0 secs

अछाम : मंगलबार साँझ नेपाली सेनाको गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। लु १ ग २७८ नम्बरको ट्रक ७ बजेतिर साफेबगर मंगलसेन सडक खण्डको तिमिल्सेनको ओरालोमा दुर्घटनाग्रस्त भएको हो। अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार सिपाही नारायणसिंह महरा र रमेश कठायतको अवस्था गम्भीर छ। उनीहरु त्रिपुरा गुल्म दिपायलमा कार्यरत थिए। घाइते सबैको बयलपाटा […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार ०८:२८
546 views 0 secs

काठमाडौं : सबैभन्दा छोटो समयमा सगरमाथा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको भनिएका आरोही पेम्बा शेर्पाको कीर्तिमान सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्चका न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आठ घन्टा १० मिनेटमा सगरमाथाको चुचुरो चुमेको कुनै आधार नभएको भन्दै पेम्बाको कीर्तिमान मंगलबार खारेज गरेको हो। मन्त्रिपरिषद्ले समेत कीर्तिमान कायम गरेको भनी […]

FEATURE
on १३ मंसिर २०७४, बुधबार ०८:२५
591 views 0 secs

काठमाडौं : निर्वाचन आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पाँच दैनिक पत्रिकासँग २४ घण्टे स्पष्टिकरण मागेको छ । मंगलबार पाँच दैनिक पत्रिकामा आचारसंहिता विपरित ओलीको तस्बिर र एमालेको चुनाव चिन्हसहितको विज्ञापन प्रकाशित भएको भन्दै आयोगले २४ घण्टे स्पष्टिकरण मागेको हो। ‘आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट लागु गरिएको निर्वाचन आचारसंहिता, २०७२ को […]