Home > Articles posted by NewsDesk (Page 489)
FEATURE
on १६ मंसिर २०७४, शनिबार १२:५०
552 views 0 secs

साँफेबगर (अछाम),१५मंसिर ।प्रधानमन्त्री शेरबहादुर देउवाले बाम गठबन्धनका नाममा कम्युनिष्टहरूले नागरिकको अधिकार खोसेर एकदलीय अधिनायकवादी शासन लाद्न खोजेको बताउनु भएको छ । अछामको सा“फेबगरमा नेपाली काँग्रेसद्धारा शुक्रबार आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले भन्नुभयो, ¾काँग्रेसले सधैं नागरिक अधिकारको रक्षा गर्छ, जनतालाई मालिक बनाउँछ, तर कम्युनिष्टहरूले जहा“ पनि नागरिक अधिकार खोसेर दास बनाउन चाहन्छन् । ’तपाईंहरू भोट खसाल्नुअघि […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १२:२३
525 views 4 secs

प्युठान : दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन्। धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन्। उमेरले आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई तानेको छ। भोट माग्न उनी प्युठानका […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १२:१८
519 views 0 secs

काठमाडौं : यसपटकको भोट एउटा आँखा चिह्नमा हाल्न गाउँका सबैलाई फोन गरिसकेकी छन् मिस पिंक २०१६ एनी लामाले । लामा विराटनगरकी स्थायी बासिन्दा हुन् तर फेसन डिजाइनरका रूपमा काठमाडैाँमा अहिले काम गर्दै आएकी छन् । अरू बेलाभन्दा उनी यसपटकको चुनावमा निकै उत्साहित छिन् । कारण, तेस्रोलिंगी समुदायमा आमाको भूमिकामा आएकी पिंकी गुरुङलाई नयाँ शक्तिले समानुपातिक […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १२:१५
589 views 0 secs

तौलिहवा : कपिलवस्तुमा नयाँ शक्ति पार्टी नेपालका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लक्षित गरी बम प्रहार भएको छ। प्रतिनिधिसभा ३ का उम्मेदवार इलियास मुसलमान चडेको गाडिमाथि अज्ञात समूहले रिमोट बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्लाको शिवराज नगरपालिका ९ भगवानपुरमा चुनावी प्रचारमा जाँदै गरेको अवस्थामा उम्मेदवार मुसलमान सवार एमएच ४३ ए ८३०० नम्बरको भारतीय […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार १२:०५
516 views 0 secs

काठमाडौं : नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन सुरु गरेको छ । १० जना अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिइएको सगरमाथा उचाइ मापनमा आधुनिक प्रविधि प्रयोग गरिने नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिएका छन् । भट्टका अनुसार मापनलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न विदेशी विज्ञको सहयोग लिइएको हो । विभागले उचाइ मापनलाई प्रभावकारी बनाउन मंसिर २५ […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:५९
574 views 0 secs

मोरङ : उर्लाबारी–७ स्थित उर्लाबारी–इटहरा भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको शुक्रबार साँझ मृत्यु भएको छ । इटहराबाट उर्लाबारी आउँदै गरेको वान टेस्ट स्कुटरले पैदलयात्री उर्लाबारी–७ बस्ने ५४ वर्षीय ध्रुव सिलवाललाई ठक्कर दिएकामा गम्भीर घाइते भएकाले न्यूरो उपचार विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । ठक्कर दिने […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:५७
573 views 0 secs

अछाम : नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको संस्थागत विकास गरी कसैले खोस्न नसक्ने लोकतन्त्र स्थापित गर्न नेपाली कांग्रेसले जित्नुको विकल्प नरहेको बताएका छन्। कांग्रेसकै नेतृत्वमा प्राप्त भएको लोकतन्त्र बचाइराख्नका लागि पनि यस चुनावमा कांग्रेसले जित्नुको विकल्प नरहेको औँल्याउदै देउवाले जनता देशको मालिक भइराख्ने कि एकदलीय कम्युनिस्ट शासन लागु गर्न दिने भन्ने बारेमा […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:५४
573 views 6 secs

सिरहा : विगतका निर्वाचनमा राजनीतिक दलका उम्मेदवारका लागि जातीय मुद्दा बलियो एजेन्डा बने पनि यसपटक सिरहाका अधिकांश मतदाता यसप्रति आकर्षित देखिएका छैनन् । चुनाव नजिकिँदै गर्दा जातीय नारा चर्काउन खोजेपछि यसलाई केटाकेटी लोभ्याउने ‘गुलियो ललिपप’ मात्र भएको मतदाताको बुझाइ छ । ‘यसअघिका निर्वाचनमा उम्मेदवारका लागि जातीय नारा मत तान्ने गतिलो हतियार बन्थ्यो तर यसपटक अधिकांश […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:५२
580 views 1 sec

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचनलाई लक्ष्य गरी हिंसात्मक घटना बढिरहेका बेला केन्द्रीय सुरक्षा समितिले चारवटै सुरक्षा निकायलाई सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको बैठकले आवश्यक सुरक्षा रणनीति बनाउँदै चारवटै निकायलाई एकीकृत र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको हो। दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा […]

FEATURE
on १६ मंसिर २०७४, शनिबार ११:५०
578 views 0 secs

अछाम : अछाम जिल्ला क्षेत्र नं २ क प्रदेशसभाका उम्मेदवार सुरतबहादुर बिष्टको घरमा प्रेसर कुकर बम फेला परेको छ। सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गराउदा कुकरभित्र माटो भरेको अवस्थामा भेटिएको उम्मेदवारका छोरा लब बिष्टले जानकारी दिए । कांग्रेस उम्मेद्धार बिष्टको घरको सिडीमा बिहान ३ बजे तिर बम फेला परेको थियाे । निर्वाचनलाई लक्षित गरी अज्ञात समूहले […]