काठमाडौँ। नेपाली काँग्रेसले हाल निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने योजना सार्बजिनक गरेको छ। काँग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले प्रस्तुत गरेको सामाजिक तथा आर्थिक विकासको मार्गचित्रअनुरुप योजना बनाएको हो। विसं २०४८ मा काँग्रेस सरकारले लिएको उदारीकरण […]
काठमाडौं, मंसिर १८ । काठमाडौंको प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै चुनावविरोधी पक्षले बम राखेका छन् । अत्यधिक कडा सुरक्षा व्यवस्था रहेको सभामुख निवास अगाडी नै बम राखिएको हो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवासनजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ […]
काठमाडौंमा बम आतंक बढेको छ। सोमबार प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै चुनावविरोधी पक्षले बम राखेका छन्। अत्याधिक कडा सुरक्षा व्यवस्था रहेको सभामुख निवास अगाडि नै बम फेला परेको हो। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवासनजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। […]
१८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत मंसिर १६ गते लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।प्रकाशित नतिजामा ३ हजार २ सय ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।यसअघि २८ असोजमा लिइएको परीक्षामा चिट चोरेको प्रमाणित पुनः प्रवेश परीक्षा लिइएको थियो ।
चुनावी सभामा विष्णु खत्रीलाई भ्याइनभ्याइ ध्रुव लम्साल काठमाडौं । चुनावको चटारोमा फुर्सद छैन, कसैलाई । कोही भोट घर-घर गएर माग्दैछन्, कोही भाषण ठोक्दैछन् अनि कोही उम्मेदवारलाई जिताउन आफ्नो कला र गलाको कमाल देखाइरहेका छन् । हो, यो चुनावमा कलाकार पनि कम्ती व्यस्त छैनन् । यही मेसोमा गायक विष्णु खत्रीलाई पनि यतिबेला चुनावी सभाहरुमा गाउन भ्याइनभ्याइ […]
अमेरिकाको डिसी महानगर क्षेत्रको स्पि्रङ्गस फिल्डमा नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोइरालाको बिवाह सम्पन्न भएको छ । डिसेम्वर ३ तारिख आइतवारका दिन नायक कोइरालाको लामो समयदेखि प्रेममा रहेकी प्रेमिका प्रतिमा बिमलीसँग बिवाह भएको छ । प्रतिमा जीव चिकित्सा अभियन्ता (बायो मेडिकल इन्जिनियर) हुन । उक्त बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका […]
सान्य मल्होत्रा र फातिमा सना शेखका बलिउड इन्ट्रि धमकेदार रह्यो । ब्लकबस्टर फिल्म ‘दंगल’बाट डेब्यु गरेका उनीहरुलाई एकपछि अर्को अफरले पच्छ्याइरहेको छ । उनीहरु यसकारण भाग्यमानी ठहरिए कि, दुबै आमिर खानसँग जोडिन पाए । मिस्टर परफेक्सिनिस्ट आमिरको हकमा कुरा गर्ने हो भने, उनले जे छोयो त्यो सुन हुने अवस्था छ । फातिमा सना शेखले आमिरकै […]
१८ मंसिर, काठमाडौं । जनता बैंकको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले १४.४० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ । हाल ६ अर्ब ९९ करोड चुक्ता पूँजी रहेको बैंकले लाभांश दिएपनि पूँजी ८ अर्ब पुग्ने भएको छ ।
१८ मंसिर, काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि १४ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । कम्पनीले सिन्धुपालचोकमा २२.२ मेगावाटको माथिल्लो चाकु हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ । आयोजना फुलपिङकटि र मारमाङ गाविसमा अवस्थित छ । […]
पाल्पा, १८ मंसिर , माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् । घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर […]