मंसिर २०, २०७४-काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुमा शंकास्पद वस्तु फेला परेको छ । गणेशस्थान नजिकै प्रेसर कुकुर देखिएको महानगरीय प्रहरी बालाजु वृत्तका एक अधिकृतले बताए । उनका अनुसार घटनास्थलमा सेनाको टोली पुगिसकेको छ । उनले भने, ‘स्थानीयमा त्रास फैलिएको छ । पुरानो कुकुर फालेको देखिएको छ । बम हो वा होइन भन्ने सेनाले हेर्दै छ ।’ […]
मंसिर २०, २०७४-मंसिर १० मा शान्तिपूर्ण रूपमा सम्पन्न चुनावको मतगणनाका लागि गणनास्थलमा सुरक्षा कडा पार्ने तयारी गरिएको छ । मतगणना बिहीबारबाट हुँदैछ । मतपत्र गन्न फलामे जाली लगाइएको छ । जिल्ला समन्वय समितिको ठूलो हलमा चार ठाउँमा गन्न मिल्ने गरी तयार गरिएको ठाउँमा दक्षिणतर्फ हलभित्र पूरै फलामे जालीको बार लगाइएको छ । मुख्य निर्वाचन अधिकृत […]
अखण्ड भण्डारी र श्यामसुन्दर शशी/जनकपुर भूषण यादव/वीरगन्ज अबधेश झा/राजविराज कहिल्यै कसैले वास्ता नगर्ने जनकपुर–३ को दलित चमार टोलमा मंगलबार दिउँसो केही ‘नयाँ अनुहार’ देखिए । त्यहाँका एक बासिन्दाले कान्तिपुरसँग भने, ‘भोटको कुरा गर्न आएका ।’ निर्वाचन आयोगले तोकेको मौन अवधिमा कस्तो भोटको कुरा ? स्थानीयवासीले मतदान गर्न दलहरूसँग प्रस्ताव राखेछन्– निर्माणाधीन भगवतीको गहवर (मन्दिर) को […]
मंसिर २०, २०७४-बिरामीको उपचारमा खटाइनुअघि लिइने लाइसेन्स परीक्षामा एमबीबीएस डाक्टर अनुत्तीर्ण हुने दर बढेसँगै विज्ञहरूले चिकित्सा शिक्षा प्रणाली सुधार्न सुझाएका छन् । नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा यसपालि झन्डै ६२ प्रतिशत डाक्टर अनुत्तीर्ण भएपछि उनीहरूले शिक्षा प्रणालीमै गडबडी औंल्याएका हुन् । विकसित मुलुकझैं नेपालमा पनि चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएसपछि लाइसेन्स परीक्षा पास गरेकाले मात्र उपचार […]
मंसिर २०, २०७४-काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ । काठमाडौं निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत एवं काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेका रमेशराज पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं १, २, […]
काठमाडौं : चिया बगानबाट हरियोपत्ती टिप्ने समयमा मूल्य निर्धारणका लागि उद्योगी र किसानबीच बर्सेनि किचलो हुन्थ्यो। उद्योगीले लागत मूल्यभन्दा कम भाउ निर्धारण गरेको र भुक्तानी पनि वर्षौसम्म नदिएको भन्दै किसानले आन्दोलन गर्नुपथ्र्यो। तर, पछिल्लो समयमा यो अवस्थामा परिवर्तन आएको छ। साना किसान अहिले आफै उद्यमीका रूपमा परिणत भएका छन्। पहिले प्रतिकिलो १५ देखि २० रुपैयाँमा […]
सिरहा : निर्वाचन कार्य तालिका अनुसार सोमबार मध्यरातबाट मौन अवधि चलिरहेको छ । तर, यहि बेला जिल्लामा मत खरिद बिक्रीको खेल शुरू हुन थालिसकेको छ ।औरही गाउँपालिका ५ का रमन यादव मौन अवधिमै दलित र विपन्न समुदायका मत खरिद गर्न सौदाबाजी शुरू हुने बताउँछन् । ‘स्थानीय तहको निर्वाचनमा मौन अवधिमै चुनावी आकलन उलटफेर भयो’, यादवले […]
दमक : झापाको दमकस्थित हिमालय माविछेउमा बुधबार शंकास्पद फेला परेपछि त्यसलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । मतदान केन्द्र तोकिएको हिमालय माविदेखी ३०० मिटर पर खेतमा सो शंकास्पद बस्तु फेला परेपछि राति नै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम भनिए पनि सो शंकास्पद वस्तु क्यान जुसको बोत्तलमा बालुवा भरेर तर्साउन राखेको वस्तु रहेको […]
न्युयोर्क/अमेरिका : नेपालदेखि स्थलमार्ग हुँदै गैरकानुनी ढंगले अमेरिका छिर्नेहरू दैनिक तीनदेखि चार जना न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास आइपुग्ने गरेका छन् । तीमध्ये खुट्टामा जीपीएस (व्यक्ति कहाँ पुगेको छ भनेर पत्ता लगाउने मेसिन) बाँधिएका एक जना छन् । स्थलगत मार्गबाट आउने केही छुटपुटबाहेक सबै दूतावासको सम्पर्कमा आउने गर्छन् । उनीहरू नेपाली दलालमार्फत नेपालबाट हिँडेर विभिन्न मुलुकका […]
काठमाडौं : नेपाल राष्ट्र बैंकले चर्चित पोलिमर नोट भ्रष्टाचार काण्डमा संलग्न भनिएकाहरूको सम्पूर्ण बैंक तथा वित्तीय विवरण उपलब्ध गराउन मुलुकभरका सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मंसिर १३ गते बुधबार इजाजतप्राप्त सबै बंैक तथा वित्तीय संस्थालाई पत्र काटी निजहरूको प्रमाणित विवरण शीघ्रातिशीघ्र उपलब्ध गराउन पत्राचार […]