उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई जापान र अस्ट्रेलियाले प्रवेशाज्ञा (भीसा) दिने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पनि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ । यी दुवै मुलुक उच्चशिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुने दाबी गरेका छन् । मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताए । ‘नेपालमा जति पनि पार्टीहरु छन्, सबै शिक्षकहरुकै योगदानका कारण छन् […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८-७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला गरिएको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्नेछ । बोर्डले ४ सय फाराम शुल्क तोकेको छ भने फाराम बुझाउन […]
सुर्खेतमा विद्यालय नै बन्द गरेर राजनीतिक दलको चुनाव गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नं ५ बावियाचौरमा रहेको विद्या ज्योति माविमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको चुनाव गरिएको हो । विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकामा विद्यालय हाताभित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमुखीकरण, तथा दलगत राजनीतिक तथा अन्य सभा […]
काठमाण्डौसँग जोडिएका मुख्य चार नाका कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने छ । अस्तिदेखि सुरु भएको खोप कार्यक्रम आउँदो पुस ५ गतेसम्म चल्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । यी क्षेत्रमा रहेका खोप केन्द्रमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकले खोप लगाउन पाउने छन् । खोप लगाउन जाँदा उमेर खुलेको […]
बुल्गेरियामा बसमा आगलागी हुँदा ४६ जनाको ज्यान गएको छ । बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी भएको त्यहाँको प्रहरीले जनाएको छ । आगलागीमा बालबालिका पनि परेका छन् । टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको बसमा आगलागी भएको खबरमा उल्लेख छ । बसमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । स्थानीय प्रहरीकाअनुसार घटनास्थललाई ‘सिल’ गरिएको छ […]
सुनको भाउ आज १६ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यकाअनुसार […]
दाङमा प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका ६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका ५ रानिजरुवाका ३१ वर्षीय महेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको रा ३ प २६६ नम्बरको मोटरसाइकल जाँच गर्दा झाेलाभित्र लुकाएको अवस्थामा बाघको छाला […]
डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । कुटपिटबाट ४९ वर्षीय धनबहादुर मगरकाे ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो । मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते हुनुभएकाे थियाे । […]
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बुबाले छ्यापेकाे एसिड लागेर छोराछोरी घाइते भएका छन्। सोलु दूधकुण्ड नगरपालिका-५ वसन्त बजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला […]