काठमाडौं– एक युवतीको सामूहिक बलत्कारपछि हत्या प्रयासको आरोमा पक्राउ परेका तीन अभियुक्त साधरण तारेखमै छुटेका छन्। बुधबार जिल्ला अदालत ललितपुरले जर्बजस्तीकरणी र ज्यान मार्ने उद्योग जस्तो गम्भीर मुद्दाका अभियुक्तलाई तारेखमा छाड्ने आदेश दिएको हो। प्रहरीले रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवरलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो। उनीहरुविरुद्ध पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले बुधबार […]
डोल्पा : हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नम्बर ९ होर्तमा आगलागीबाट एक मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन्। आगलागीबाट दुई करोड ३२ लाख बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए। आगलागीमा परेर पाँचसय वर्ष पुरानो मष्टा मन्दिर पनि जलेको छ, मन्दिरभित्र भएको बहुमूल्य मूर्ति जल्दा रु एक करोड […]
कञ्चनपुर। छोरा र गहनासहित श्रीमती बेपत्ता भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६, कसरौलका २६ वर्षीय चेतु राना खोज्दै हिँडे पनि पत्तो लगाउन सक्नुभएको छैन । एघार दिनअघि परिवारका सदस्यलाई जानकारी नै नदिई उहाँकी श्रीमती २२ वर्षीया चैनीदेवी राना दुई छोरासहित गहना र लत्ताकपडा बोकेर बेपत्ता हुनुभएको हो । आफन्त र सम्भावित ठाउँमा श्रीमतीको खोजी गरे पनि श्रीमती […]
काठमाडौंकी एक युवतीको ठगी धन्दा देखेर प्रहरी नै आश्चर्यमा परेको छ । बिदेशी गिरोहसँग मिलेर नेपालमा दर्जनौंलाई ठगी गर्ने युवती अन्ततः प्रहरीको फन्दामा परेकी छिन् । उनी हुन्, सोलुखुम्बु घर भई काठमाडौंको बौद्ध बस्ने ३३ बर्षीय आङलेमी शेर्पा । उनको ठग्ने शैली प्रहरीका लागि पनि नयाँ विषय बनेको छ । दर्जनौं युवतीहरुलाई नाटकीय शैलीमा ठगी […]
काठमाडौं । तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छरु छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो। आजको कारोबारमा खबर छ । विभागका शाखा अधिकृत दीपकराज […]
काठमाडौँ । आज सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा लिएको डा केसीको वयानका क्रममा चलेको सवाल जवाफयस्तो छः सवाल १ः हजुरको बाजे, बुबाको नाम थर वतन र हजुरको नाम थर बतन र पेशा व्यवसाय खुलाई दिनुहोस् ? जवाफः मेरो हजुरवुबाको नाम नरबहादुर, बुबा उदयबहादुर र मेरो नाम डा: गोविन्द केसी हो । पेशाले […]
पोखरा : मिटरमा नचलाएको भन्दै प्रहरीले मंगलबार १८ जना चालक र ट्याक्सीलाई नियन्त्रणमा लिएपछि चालक तथा व्यवसायी विरोधमा उत्रिएका छन्। बुधबार चल्तीको मुख्य चोक पृथ्वीचोकमा ट्याक्सीको ताँती लगाएर उनीहरुले सडक जाम गरेका छन्। ट्याक्सी मिटरमा चलेका छन्/छैनन् भनेर मंगलबार अप्रेसन गर्ने क्रममा ती १८ जना र ट्याक्सी समातिएको कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए। […]
काठमाडौं : बंगलादेशको राजधानी ढाकामा पोर्चुगलको नक्कली राहदानी खरिद गरी नेपाललाई ‘ट्रान्जिट’ बनाई युरोपेली मुलुक छिर्न खोज्ने दुई बंगलादेशी नागरिक काठमाडौंमा पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बंगलादेशी नागरिक मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई पुस २३ गते चीनको कुनमिङ जाने क्रममा अध्यागमन जाँचका बेला पक्राउ गरेको हो। पोर्चुगलको नक्कली राहदानीमा पुस १८ […]
बलिउडकी सर्वाधिक हिट र व्यावसायिक रूपमा सफल चलचित्र दिने नायिका रूपमा पनि दिपिका परिचित छिन् । बलिउड तथा हलिउडमा दुवैमा अभिनय तथा शुन्दरताले चर्चा बटुल्न सफल अभिनेत्री हुन् दिपिकी पादुकोण । हरेक वर्ष सिनेकर्मी फोब्र्स पत्रिकाले धनी सिनेकर्मीको सूची प्रकाशित गर्ने क्रममा यस पटक दिपिका पादुकोणको नाम प्रकाशीत गरेको छ । उनी बलिउडमा धनी सिनेकर्मी […]
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीले अनशनस्थलबाट डा. गोविन्द केसीलाई पक्राउ गरेको घटनाप्रति असन्तुष्टि प्रकट गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार जानकारीबिनै रातको समयमा डा.केसीलाई प्रहरीले पक्राउ गरेको भन्दै देउवाले असन्तुष्टि जनाएका हुन्। ‘डा.केसी कुनै अपराधी होइनन्। अदालतको आदेशअनुसार उनी आफैं उपस्थित हुन्थे वा प्रहरीले सहजीकरण गरेर बिहान लैजान्थ्यो’, प्रेस संयोजक परियारले प्रधानमन्त्री […]