आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् । झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनु भयो । उहाँका अनुसार यो ग्रहण नेपालमा रात परेपछि मात्रै लाग्नेछ । यसको प्रभाव नेपालमा […]
कञ्चनपुर र पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुई वटा दुर्घटनामा गरी ३४ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा हिजो बेलुका से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपरैयाका ६५ वर्षीया द्रोपती राना, ३३ वर्षीया रतन कुमारी राना र […]
बागलुङ नगरपालिका(१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गरिएको थियो । विद्यार्थी र […]
आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् । आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्रयाक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्रयाक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी […]
जर्मनीमा कोरोनाविरुद्धको खोप नलगाएकाहरुलाई सार्वजनिक ठाउँमा प्रतिबन्ध गरिएको छ । उनीहरु सार्वजनिक ठाउँमा घुम्न र जमघट हुन नपाउने भएका हुन् । त्यस्तै सामान खरिद गर्न जान पनि पाउने छैनन् । जर्मन चान्सलर एञ्जेला मर्केलले कोरोनाको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि यो निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रेष्टुरेण्ट, सिनेमा हल, सपिङ मल जस्ता सार्वजनिक […]
सुनकाे भाउ आज ताेलामा दुई सय रुपैयाँले घटेकाे छ । हिजाे ९१ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे सुनकाे भाउ आज ताेलामा २ सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यस्तै आज चाँदीकाे भाउ स्थिर रहेकाे छ । हिजाे जस्तै आज चाँदी ताेलामा ११ सय […]
पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भएको छ । पश्चिमी क्षेत्रका धेरैजसो हिमाली क्षेत्रमा हिमपात भएको छ भने केही ठाउँमा हल्का पानी परेको छ । आज पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो […]
निर्वाचन आयोगले छुटेकाहरुलाई आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न आग्रह गरेको छ । आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगले जनाएको छ । रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले अरु जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता […]
श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। सरकारी तथ्याङ्कअनुसार नोभेम्बर महिनामा चार हजार पाँच सय ६१ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो । श्रीलङ्कामा डेङ्गीको भाइरस सङ्क्रमण पुष्टि भएको यो २० महिनायताकै सबैभन्दा धेरै हो। श्रीलङ्काका स्वास्थ्य विज्ञले डेङ्गीको प्रकोप बढेको भन्दै ज्वरो र मांसपेशी दुख्ने जस्ता केही लक्षण डेङ्गी र […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बैठकमा नतिजाको डेमो तथा एक्पेल भए/नभएको हेरिएको थियो । बिहीबारको बोर्ड बैठकमा त्रुटि नदेखिएपछि शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । शुक्रबार […]