एजेन्सी । यूईएफए नेसन्स लिग अन्र्तगतको खेलमा स्वीट्जरल्याण्डले बेलजियममाथि गोलको वर्षा गरेको छ। जितसँगै स्वीट्जरल्याण्ड यूईएफए लिगको सेमिफाइनमा प्रवेश गरेको हो। स्वीट्जरल्याण्डका लागि हरिस सेफेरोभिचले ह्याट्रिक गरे। लिग ए अन्तर्गत समूह बीको अन्तिम खेलमा सहज अवस्थामा रहेको स्वीट्जरल्याण्डलाई सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने दबाव थियो भने बेल्जियमलाई बराबरी पर्याप्त थियो । खेलमा बेल्जियमले सुरुआतमा नै […]
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छिन्। रास्कोट नगरपालिका-५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया कक्षमा रहेकी नर्स […]
काठमाडौँ । छातिमा समस्या देखिएपछि डा गोविन्द केसी अस्पताल भर्ना भएका छन्। उनलाई आज बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको इमर्जेन्सी कक्षमा भर्ना गरिएको स्रोतले जनाएको छ। छातिमा अत्यधिक दुखाई बढेपछि उनलाई आज बिहान ४ बजे तिर अस्पताल पुर्याइएको थियो। चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा केसी १५ पटकसम्म अनसन बसिसकेका छन्। […]
गुल्मी, मुलुकमै सबभन्दा पहिले व्यावसायिक कफी खेती गरिएको ठाउँ। उत्पादनमा समेत अग्रणी। यहाँका साना किसान भने कफी खेती विस्तारै जटिल हुँदै गएको बताउन थालेका छन्। अर्ग्यानिक तवरबाट उत्पादन हुने स्वादिलो कफी नै गुल्मीले विदेशी पारखीमाझ कमाएको ‘ब्राण्ड’ नाम हो।हाल गण्डकी प्रदेशबाट वार्षिक दुई सय मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। त्यसमा सर्वाधिक योगदान गुल्मीको […]
पाँचथर — संघीय सरकारले अाजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेकाे छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागअन्तर्गत पाँचथरबाट परिचयपत्र वितरण सुरु गरिन लागेकाे हाे ।गृहमन्त्री रामबहादुर थापाले सोमबार फिदिममा आयोजना हुने राष्ट्रिय कार्यक्रममा १०२ वर्षीया भगवतीदेवी भण्डारीलाई परिचयपत्र दिने अनि आफ्नो परिचयपत्र भण्डारीकै हातबाट ग्रहण गर्दै कार्यक्रम शुभारम्भ गर्नेछन् ।विभागका निर्देशक चोमेन्द्र न्यौपानेका […]
बेझाड । दुवै मिर्गौला बिग्रीएर पीडित बनेका १५ वर्षीय बालक मिलन सार्की नेपालीको उपचारमा समस्या भएको छ। पाल्पा रामपुर नगरपालिका वडा नं ९ जब्गादी घर भई हाल बुटवलमा बसोवास गर्दै आएका मिलनको दुवै मिर्गौलाले काम नगरेपछि उनको उपचारमा समस्या परेको हो। परिवारको आर्थिक अवस्था नाजुक हुँदा मिलनको उपचारका लागि सहयोग जुटाइदिन सबैसँग परिवार, आफन्तले अनुरोध […]
काठमाडौं– युवा वैज्ञानिक सम्मेलनका सहभागिहरुले विज्ञान र दर्शनलाई सरलीकृत गर्नु पर्ने बताएका छन्। ‘विज्ञान र दर्शन’ विषयक छलफलमा बोल्दै नाष्टका बैज्ञानिक दिनेश भुजुले ढिलोगरी मात्र विज्ञानलाई दर्शनसँग जोडिएको बताए। ‘विज्ञान, समाज, दर्शन एक अर्कासँग जोडिन जारुरी छ’, भुजुले भने, ‘एक अर्कामा जोडिएमा त्यसको नतिजा उत्कृष्ट हुन्छ।’ पानीबाट कहाँबाट आयो ? भनेर हामीले चिन्तन गर्नु विज्ञानमा […]
काठमाडौं – स्वास्थ्यमा समस्या आएपछि केही दिन अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली हरूल सार्वजनिक कार्यक्रमहरूमा निस्किएका छैनन्। अस्पतालबाट डिस्चार्ज भएपछि डाक्टरहरूको सल्लाह अनुसार बालुवाटारमै आराम गरिरहेका ओली अझै एक साता भिडभाडयुक्त कार्यक्रममा सहभागी हुने छैनन् । ‘चिकित्सकले संक्रमण हुनसक्ने भन्दै अझै केही दिन भीडभाडमा नजान सुझाव दिएका छन्, त्यसैले अझै एक साता उहाँ भीडभाडमा जानुहुुन्न,’ […]
काठमाडौँ — एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग र बिक्री दिनप्रतिदिन बढ्दै गएको छ । एन्टिबायोटिक नियन्त्रणका लागि सरकारले ठोस नीति निर्माण गर्न सकेको छैन । एन्टिबायोटिक ‘ख’ वर्गको औषधिमा पर्छ । यस वर्गको औषधि चिकित्सकको सल्लाहबिना बेच्नै नहुने नियम भए पनि खुला बिक्री भइरहेको छ । चिकित्सकको पुर्जीबिनै औषधि बेच्ने र किन्ने अभ्यासले एन्टिबायोटिकको जथाभावी प्रयोग बढिरहेको छ ।नेपाल मेडिकल काउन्सिलको […]
बजार चुस्त दुरुस्त बनाउनकै लागि उपभोक्ता संरक्षण ऐन २०७५ जारी भए पनि समस्या जस्ताको तेस्तै देखिएको छ । नयाँ ऐनअनुसार विभागका निरीक्षण अधिकृतले अनुगमनस्थलमै जरिवाना गर्न सक्छन् । ऐन जारी भएको दुई महिना बितिसक्दा प्रगति न्यून छ ।ऐन गत असोज २ गते राजपत्रमा प्रकाशित भएपछि विभागबाट हालसम्म ३ सय १८ व्यावसायिक फर्ममा अनुगमन भएको छ । तीमध्ये अधिकांशमा एउटै […]