
एजेन्सी । यूईएफए नेसन्स लिग अन्र्तगतको खेलमा स्वीट्जरल्याण्डले बेलजियममाथि गोलको वर्षा गरेको छ। जितसँगै स्वीट्जरल्याण्ड यूईएफए लिगको सेमिफाइनमा प्रवेश गरेको हो। स्वीट्जरल्याण्डका लागि हरिस सेफेरोभिचले ह्याट्रिक गरे।
लिग ए अन्तर्गत समूह बीको अन्तिम खेलमा सहज अवस्थामा रहेको स्वीट्जरल्याण्डलाई सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने दबाव थियो भने बेल्जियमलाई बराबरी पर्याप्त थियो ।
खेलमा बेल्जियमले सुरुआतमा नै दुई गोलले अग्रता पनि लिएको थियो। तर घरेलु मैदानमा स्वीट्जरल्याण्डले बेल्जियमलाई निरीह बनायो। थोर्गन हाजार्डले १७औं मिनेटमा गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाएका थिए।
२६औं मिनेटमा घरेलु टिमले पेनाल्टी पायो। पेनाल्टीलाई रिकार्डो रोद्रिगेजले गोलमा परिणत गर्दै स्वीट्जरल्याण्डलाई खेलमा फर्काए। ३१ औं मिनेटमा जेर्दन शाकिरीको पासमा सेफेरोभिचले गोल गरेपछि स्वीट्जरल्याण्ड खेल बराबरीमा रह्यो। त्यस्तै
४४औं मिनेटमा सेफेरोभिचले पहिलो हाफमा गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाए। ६२औं मिनेटमा निको अल्भेदीले गोल गरे भने ८४औं मिनेटमा सेफेरोभिचले ह्याट्रिक पूरा गर्दै स्वीट्जरल्याण्डलाई ५-२ को जित दिलाए।