आर्थिक वर्ष समाप्त हुनै लाग्दा लक्षित वर्गअन्तर्गतको बजेट नगरपालिकाले खर्च गर्नेतर्फ ध्यान नदिएको भन्दै तिलोत्तमा नगरपाकिलाका नेपाल आदिवासी जनजातिले आन्दोलनमा उत्रने घोषणा गरेका छन् । आदिवासी जनजाति समुहको बजेट कार्यान्वयनमा नगरपालिकाले चासो नदेखाउनुका साथै नगर परिषदबाट विनियोजन गरिएको बजेट समेत कटौती गरेको आरोप लगाउँदै जनजाति महासंघ आन्दोलित भएको हो । नगरपालिका आफैंले सञ्चालन गर्ने तथा […]
जल तथा मौसम विभागले तीन दिनसम्म देशभरी मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने जनाएको छ। विभागले देशभरी शनिबार, आइतबार र सोमबारसम्म आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र हावाहरीसहित वर्षा हुने जनाएको हो। मौसम विभागले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान:-
आर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टोलीले बन्धक बनाइएका इमाडोलका कृष्ण चौडेललाई उद्दार गरी संलग्नलाई पक्राउ गरेको हो । महाशाखाका एसपी केदार ढकालका अनुसार पक्राउ पर्नेमा अमिना भुजेल छिन् । भुजेल र चौडेलबीच लेनदेनको विवाद रहेको उनले जनाए । […]
आफ्नै १० महिनाकी छोरीलाई जलाएर हत्या गरेको आरोपमा दार्चुलामा बुबाआमा पक्राउ परेका छन् । बिहीबार राति खरको थुप्रोमा राखेर आगो लगाई छोरीको हत्या गरेको आरोपमा प्रहरीले व्याँस गाउँपालिका–५ चुकपानीका नवीन र आमा शिला विष्ट दम्पत्तिलाई पक्राउ गरेको हो । घटनापछि भाग्दै गरेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रवीन्द्र […]
यस वर्ष मिस नेपालको ताज पहिरिने अनुष्का श्रेष्ठको पहिचान केवल सौन्दर्यसँग मात्र जोडिएको छैन, विदेशिएको जनशक्तिले अब आफ्नै देशका लागि योगदान गर्नुपर्छ भन्ने सुन्दर भावनासमेत जोडिएको छ । बिहीबार बेलुका कीर्तिपुरमा अवस्थित एक स्कुलको ठूलो चौरमा टेन्टले बारेर ‘मिस नेपाल २०१९’को आयोजना भयो । पाँचतारे होटलमा सीमित ‘मिस नेपाल’ प्रतियोगिता यस वर्ष फरक स्थानमा पुगेको […]
नेपालका नेताहरु धेरै खचार्लु भएको आरोप लाग्ने गरेको छ । कुनै पनि पेशा व्यवसाय नभएको भए पनि नेपालमा नेताहरुले अरु भन्दा फरक जीवन विताउँदै आएका छन् । यो बिचमा नेपालको छिमेकी भुटानका प्रधानमन्त्री भने अहिले पनि डाक्टरी पेशामा हुनुहुन्छ । थिम्पुको दोर्जे वाङचुक अस्पतालमा शनिबार डा. लोतेय छिरिङले एक बिरामीको पिसाब थैलीको सफल अपरेशन गर्नुभयो […]
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु(क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार काठमाडौंमा आयोजित ११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रमबाट ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले उनलाई पक्राउ गरिएको पुष्टि गरे। ढकाललाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको र उनीमाथि थप अनुसन्धान गरिने बोगटीले बताए।
लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्ड अन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच छ बुँदे सहमति […]
सुन्दापनि अचम्म लाग्छ । तर यो सत्य खबर हो । एक ईर्ष्यालु पतिले म मास्टर डिग्री मेहनत गरेर पढ्छु भन्ने सोचेर विश्वविद्यालय भर्ना भएकी पत्नीको एउटा हातका सबै औला नै छिनाईदिए । उक्त घटना यति हदसम्मको विभत्स छ की सुन्दा समेत सबैको आङ सिरिङ हुन्छ । उक्त दुष्कर्म गर्ने पति अहिले जेल जीवन भोगिरहेका छन् […]
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । भिसखापट्नाममा आज राति ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् । यी दुई टिमको विजेताले फाइनलमा उपाधिका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।