दुर्घटनामा नर्सको मृत्यु कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको विश्वकर्मा मन्दिर नजिक गए राति ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ । धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो । उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ […]
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेको छ। आइतबार राति करिब ३० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले प्रहरी चौकी कब्जा प्रयास गरेका हुन्। तर, विप्लव कार्यकर्ताबारे सूचना पाएका प्रहरीले चौकी छाडेर अन्यत्र गएपछि कुनै घटना हुन नपाएको सुरक्षा स्रोतले जनाएको छ। मध्यराति १२ बजेको समयमा विप्लवका कार्यकर्ता […]
आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिनुभयो । जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको […]
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो । मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना हुनुभएको हो । त्रिहत्तर वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुनुहुन्छ […]
जिन्दगीको झेल +++ आफ्नैवरिपरि जब मरेर पोखरीमाथि तैरिएको माछाझैँ असरल्ल तैरिन्छन् मृत सपनाका भुराभुरी अनि एकाएक विगत वैरिन्छ प्रेत बनेर र तर्छाउन थाल्छ मध्यरातमा पनि । +++ सुख–दुःखमा चिप्लेटी खेलेरै बितेको त्यो स्वर्गीय बालापन आफन्तबाट मिलेको अपमानको पुष्पगुच्छा साथमा परचक्रीबाट पाएको तिरस्कार मायाले गरेको औषधीभन्दा तितो बहिस्कार हस्पिटलले बिदा दिएको बिरामीको प्राणजसरी बिस्तारै बिस्तारै हातबाट […]
‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान यहाँ उद्योगी व्यवसायीले आग्रह गरेका छन् । पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि विश्वमा नै चिनाउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो । दैनिक हजारौंँ पर्यटक आउने स्थानमा राम्रो बास, खानेपानी तथा खाजाको समेत प्रबन्ध गर्नुपर्ने तथा […]
छेडागाड नगरपालिका–३ का रत्न सिंह अहिले ६१ वर्षपछि पुनः आँखा देख्न सक्ने हुनुभएको छ । एकाउन्न वर्षको उमेरदेखि आँखा देख्न छाड्नुभएका उहाँ अहिले ११ वर्षपछि दोस्रो पटक आँखा शुल्दा खुशी हुनुभएको हो ।नाति छ महीनाको हुँदा आँखा देख्न छाडेपछि उसको आवाज मात्र सुन्न पाएको थिएँ तर अहिले १२ वर्षको उ विद्यालय गएर फर्कने गरेको देख्न […]
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह गर्नुभएको छ । नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि विप्लव पनि यही पार्टीमा आएर […]
सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । राशिन्द्र यादवको घरमा विद्युत् चुहिएर भएको आगलागीमा यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । आगलागीमा परी अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेट, पक्षीसहित सरसामान […]