मकवानपुरको हेटौँडाबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएका ५२ वर्षीय नारायण खड्का र ३५ वर्षीय अर्जुन अधिकारी छन् । खड्कालाई हेटौँडा–१५ रातोमाटेबाट र अधिकारीलाई हेटौँडा–११ सहिद स्मारक गेटबाट पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले नारायण खड्काको साथबाट ५ ग्राम २ […]
सुनको भाउ आज फेरि बढेको छ । आज तोलामा सुनकाे भाउ ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीकाे भाउ आज तोलामा ५ रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबीसकोटमा मृतावस्थामा भेटिएको छ । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् । शनिबार राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने […]
लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए । घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले […]
नेपाली कांग्रेसका नेता कार्यकर्ता मत माग्न व्यस्त भएका छन् । १४ औँ महाधिवेशनमा आफ्ना नेतालाई मत दिन आग्रह गर्न नेता कार्यकर्ता बिहानैदेखि व्यस्त भएका छन् । कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त भएका हुन् । भोट माग्ने कार्यकर्ताका कारण भृकुटीमण्डप क्षेत्र वरपर भीडभाड भएको […]
पृथ्वी राजमार्ग अन्तर्गत धादिङकाे गजुरी गाउँपालिका-२ बिहानी पम्प नजिकै मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । आज बिहान बा ४४ प ९८३६ नम्बरको मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकलमा रहेका बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुक बहादुर चेपाङकाे ज्यान गएकाे हाे […]
अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म ४० जनाको उद्धार भएको छ । भग्नावशेषमा फसेकाहरुको उद्धारकर्मीले खोजी गरिरहेका छन् । एक सयभन्दा धेरै उद्योगमा असर परेको छ । आँधीका कारण केन्टकीमा विद्युत् र पानीको आपूर्ति बन्द भएको छ । केन्टकीसहित मिसौरी, अर्कान्सास, टेनेसा, मिसीसिपीलगायतका क्षेत्रमा आँधीको प्रभाव परेको […]
काठमाण्डौको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद्ले बताउनुभयो । हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस थियो । आज अधिकतम तापक्रम पनि १९ देखि २१ डिग्री सेल्सियसम्म रहने अनुमान गरिएको छ । न्यूनतम र अधिकतम तापक्रम घट्दा बिहान […]
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गएराति ९ बजे भएको दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौर र धुलिखेल […]
१९ वर्षमुनिकाे साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् । ढाकामा पहिलो खेलमा नेपालले घरेलु टोली बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको हो । बराबरीसँगै नेपाल र बङ्गलादेशले समान एक/एक अङ्क जोडेका छन् । अब नेपालले दोस्रो खेलमा बुधवार श्रीलङ्कासँग खेल्ने छ । यस्तै भुटानसँग डिसेम्बर १७ र भारतसँग डिसेम्बर १९ मा खेल्नेछ । […]