Home > Articles posted by NewsDesk (Page 219)
FEATURE
on २८ श्रावण २०७६, मंगलवार ०७:४४
496 views 12 secs

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले समस्या पर्नेछ। तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि नयाँ कामको जग बसाउने मौका छ। […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १८:४३
513 views 0 secs

भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा खेपिरहेका एकजना पूर्व नायब सुब्बाले आत्महत्या गरेका छन्। मालपोत कार्यालय कलंकी काठमाडौंमा रहँदा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा संलग्न रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा चलाएका हरिप्रसाद आचार्यले आत्महत्या गरेका हुन् । उदयपुरको शिखरखुट्टे जंगलमा पूर्व नासु आचार्यको शव झण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १८:३३
561 views 0 secs

नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै काठमाडौँ बौद्ध नजिकै एउटा डर लाग्दो घटना घटेको छ । आफ्नै श्रीमतीले श्रीमान् लाई धारिलो छुरी प्रहर गरि हत्या गरेको छ । मकवानपुर घर भई हाल बौद्ध नजिकै डेरामा बस्दै […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १८:११
746 views 0 secs

अख्तियार अनुसन्धान आयोगको टोलीले दाङका एक जना शिक्षकलाई १० हजार घुससहित पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको रझेनामा उच्च मावि राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई आयोगको नेपालगञ्जको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै एक जना विद्यार्थीबाट १० हजार […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १७:५०
644 views 0 secs

कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत झापामा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ। खुल्ला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको हो। भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती भइरहेको प्रहरीको भनाइ छ। यसैबीच नेपाल–भारतको सीमावर्ती नाका पानीट्याङ्कीमा पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित एक […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १७:२०
523 views 0 secs

गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। विप्लव समूहले भद्रपुर, विर्तामोड, अर्जुनधारा, दमकलगायतका विभिन्न स्थानमा एनसेलका […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १७:०२
661 views 0 secs

नेपाली क्रिकेटर सोमपाल कामी आबद्ध विनिपेग हवक्सले ग्लोबल टी-२० क्यानाडा क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा विनिपेगले भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा पराजित गर्दै उपाधि जितेको हो । १९३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भ्यानकुभरले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १९२ रन नै बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो । सुपर ओभरमा विनिपेगले […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १६:३४
706 views 0 secs

जनकपुरमा एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत आउट गरेको प्रश्नपत्रको फोटोकपी गराइरहँदा ५ जना पक्राउ परेका छन् । स्थानीय राराव क्याम्पसमा परीक्षा सुरु भएलगत्तै एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका थिए । सोमबार राराव क्याम्पसमा परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेलगत्तै एमबीएस प्रथम सेमेस्टरमा सहभागी एक परीक्षार्थीले नै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेको आरोपमा एक पसल सञ्चालकसहित ५ […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १६:१२
1926 views 3 secs

तिजको गितहरुको बजार भिडमा एउटा अत्यन्तै गाउँले पाराको टिपिकल भाका बजारमा आएको छ । सानो – सानो छदाखेरि गाउँघरमा आमा / दिदीहरुले गाउने यो भाकालाई ऐले टपक्क टिपेर डिजिटल बजारमा लिएका छन् ,गुल्मेली कलाकार कुञ्ज मणि थापा र इश्वरी घिमिरे । कुञ्ज मणि थापा र इश्वरी घिमिरे को आवाज रहेको यो गीतमा गाईका बन्दना पाण्डे […]

FEATURE
on २७ श्रावण २०७६, सोमबार १६:१०
709 views 2 secs

कास्की, पोखरा महानगरपालिका-३२ झ्यौरीचोकस्थित रामराज पौडेलको गोठमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने २७ वर्षीय विकाश थापा लगायत ११ जनालाई नगद ३२ हजार ८ सय ६५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी जनताको चौतारा र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको […]