अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन नेसनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो । राजमार्ग गस्ती टोलीका अनुसार दुर्घटना भएको बसमा ३० जना यात्रु रहेका थिए । टोलीले चार जनाको मृत्यु भएको र अरु १२ देखि १५ जना गम्भीर घाइते भएको जनाएको छ । घाइतेहरुलाई […]
करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा)को तारबाट करेन्ट लाग्दा एक बालकको मृत्यु भएको हो । उदयपुरको बेलका नगरपालिकाका आठ बर्षिय बालक सुमन बस्नेतको मृत्यु भएको हो । नगरपालिकाले जडान गरेको सीसी क्यामेरा रामपुर बजारको मुख्य क्षेत्र प्रहरी कार्यालय, नगरपालिका कार्यालय साथै अस्पताल रहेको सडक स्थलमा तार चुडिएको ६ घण्टापछि […]
चितवनमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउँसो ४:५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना१ज ८४२८ नम्बरको म्याजिकलाई विपरीत दिशाबाट आइरहेको लु२ख ६७३ नम्बरको ट्रकले ठक्कर दिँदा म्याजिकमा सवार चालकसहित चार जना घाइते भएका हुन् । घाइतेमध्ये चितवनको इच्छाकामना गाउँपालिका–६ […]
दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ । घोराही उपमहमानगरपालिका वडा नं. ९ निवासी २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ वर्ष कै दिपक विकको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । गएराति साढे ११ बजेतिर घोराही ९ गुकाली डाँडावाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको […]
श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ। बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला परेपछि प्रहरीले हत्यामा सङ्लग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्को एक पुरुषलाई नियन्त्रणमा लिएको हो। पक्राउ […]
युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको छ । संविधान दिवसको अवसरमा शुक्रबार साँझ स्थानीय समयअनुसार ९ः१० मा बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो । विभिन्न देशको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको दिन संसारको अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन छ । बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराएको […]
झापाको कमल गाउँपालिका ४ भुत्लुङ खोलाको निर्माणाधीन कल्भर्टका लागि खनिएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ। खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा स्थानीय १४ वर्षीय सुन्दर तामाङ र ११ वर्षीय क्रेडिट बुढाथोकीको शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घरमा कसैलाई केही नभनी निस्केका उनीहरु अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा […]
गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो। केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो।
भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्षित गरी बम विस्फोट गरेको थियो। कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले बताए। विस्फोटन भएको ठाउँमा ‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको नेत्रविक्रम चन्द समूहको पर्चा भेटिएको र घटनाबारे […]
महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । उत्तर–पश्चिम बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास ३ गौरीडाँडामा शुक्रबार दिउँसो कुखुरा बोक्ने जिपको ठक्करबाट ज १ त १८०६ नम्बरको कुखुरा बोक्ने जिपले विपरित दिशाबाट आउँदै गरेको ज १० प २०६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा चालक बिनोदकुमार भण्डारीको घटना स्थलमै मृत्यु भएको हो । घटनाको बारेमा थप […]