चितवनमा बुधबारदेखि हराएकी एक वृद्धा मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी बिहीबार बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् । उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयले वृद्धाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । […]
जेसिबी पल्टिँदा रुकुममा एक जनाको मृत्यु भएको छ । भुमे गाउँपालिका–२ को सैपातुन भन्ने ठाउँमा जेसिबी सडकबाट २७ मिटर तल खोलामा खस्दा त्यसका चालक सोही गाउँपालिका–२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो । बिहीबार बिहान उक्त गाउँपालिकाको रा १ २९ ग नम्बरको जेसिबी खाबाङ बगरबाट लुकुम जाने क्रममा मध्यपहाडी लोकमार्गको सैपातुन भन्ने […]
जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव धनबहादुर विश्वकर्मा ( धमला), पार्टीको महिला सङ्घ केन्द्रीय अध्यक्ष […]
सवारीचालक अनुमतिपत्रलाई अत्याधुनिक बनाउने भन्दै सरकारले ४ वर्ष अघिदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गर्यो । पर्याप्त तयारी र कार्ड छाप्ने भरपर्दो मेसिनबिना सुरु गरिएको स्मार्ट लाइसेन्स वितरणको काम अहिले रमिता बनेको छ । माग भए जति कार्ड छाप्ने मेसिन नहुँदा सेवाग्राहीले २ वर्षसम्म यातायात व्यवस्था विभागले दिएको रसिदका भरमा सवारीसाधन चलाउनुपरेको छ । सरकारले स्मार्ट […]
अल्बर्ट आइन्स्टाइनलाई संसारकै महान् वैज्ञानिकका रुपमा चिनिन्छन् । उनले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागू भएका छन् र भइरहनेछन् । १. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन । २. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ । ३. हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर । ४. भविष्यको बारेमा त्यति […]
चर्चित र्यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ। थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए। “विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ गर्यौँ”, उनले भने। ३२ वर्षीया थोकर हालै […]
च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति च्याम्पियन्स लिगको समूह ‘एच’ को खेलमा चेल्सीले आयाक्सलाई १–० गोलको कठिन जित निकालेको हो । चेल्सीको जितमा मिची बाट्सुएयीले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफको पनि अन्तिम समयमा गोल गर्दै जित हात पारेको हो । खेलको ८६ […]
जनकपुरधाममा पेट्रोलपम्प सञ्चालक मनोज साहको हत्याको कारण लेनदेन विवाद रहेको खुलेको छ । हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोलीसहित पक्राउ गरेको छ । निर्माण व्यवसायी पंकजले मनोजको सपहीस्थित न्यू शिव आयल स्टोर्सबाट डिजेल किनेको आठ लाख रुपैयाँ उधारो थियो । पंकजले त्यो रकम दिन आलटाल गर्दै आएका थिए । […]