पर्सामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । पोखरिया नगरपालिका वडा नं १० शिवबर्वा बस्ने शंकर राउत अहिरकी श्रीमती ५८ वर्षीया लालमतिदेवीको मृत्यु भएको हो । शुक्रबार साँझ आँगन बढार्ने क्रममा चुडिएको तारबाट करेन्ट लागेर उनी घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको खबर आफन्तले प्रहरीलाई गराएको जिल्ला […]
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन्। गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–३ माझपालीबाट शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताए। पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आजको दिन मध्यम छ, चोरबाट भय रहनेछ र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुन सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ […]
नवजात शिशुको हत्या गरेकोे आशंकामा प्रहरीले एक महिलालाई हेटौंडाबाट नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका-१६ हटिया खमारेमा नवजात शिशुको शव फेला परेको जानकारी स्थानीयले दिएपछि घटना स्थल पुगेको प्रहरीको टोलीले अन्दाजी २३ वर्षीया महिलालाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । मृत भेटिएका शिशु २ दिनको हुन सक्ने उनले बताए । शिशु हत्या […]
बैतडी जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा शुक्रबार भेट्टिएका छन् । पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन […]
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका वाग्लुङ जिल्ला सदस्य महेन्द्र भण्डारी पक्राउ परेका छन् । ३१ बर्षका उनलाई शुक्रबार विहान गोरखा नगरपालिकाको मझुवा देउरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सार्वजनिक हितविरुद्धको अपराधमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए । A blood sugar degree of 126 milligrams per deciliter […]
इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट […]
परिआए सीमानामा गएर परास्त पार्छौं भन्दै भारतीय दुतबास अगाडी गोर्जीय अखील क्रान्तीकारी बीद्यार्थीहरु https://youtu.be/ObXgcaEM-90
रुकुम पश्चिममा पर्ने मुसिकोट नगरपालिका–२ का राजु परियारले २०७३ साल कार्तिक २३ सदरमुकाम खलंगाको एक घरमा चोरी गरे। चोरीमा संलग्न उनलाई तत्कालै प्रहरीले पक्राउ गर्यो । पक्राउपछि चोरी तथा डाँका मुद्दामा जेल परेका उनी तीन वर्षको कैद भुक्तानपछि रिहा भए। तर परियारले चोरी गर्न छोडेनन् । जेलबाट छुटेको केही समयमै अर्थात् कार्तिक १६ गते राति मुसिकोट […]
सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा ज्यान गएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर ज्यान गएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।अचानक बेहोस भएर गएको भनिए पनि कुन कारणले कसरी ज्यान गयो भन्नेबारे यकिन […]