चितवनको भरतपुर महानगरपालिका-२९ दासढुंगामा आइतबार बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख १८९६ नम्बरको ट्रकले ती पुरुषलाई ठक्कर दिएको […]
सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०-५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुलेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान भएको छैन । मृतकको टाउकोमा गम्भीर चोट देखिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी रेग्मीले […]
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो । महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दैै […]
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं. ६ बैरेनीबजारमा आइतबार बिहान जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर छ । नुवाकोटको बाँसगडीबाट बाराको अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा नुवाकोटको बेलकोटगढी नगरपालिका […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ काम सिक्ने मौका छ । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसायिक यात्राको सम्भावना देखिन्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । धेरैको मन जित्न सकिनेछ […]
दाइजो स्वरुप दिएको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै महिलाको हत्या गरिएको छ । जिल्लाको मिथिला– बिहारी नगरपालिका ४ मिथिलेश्वरमा २२ बर्षीया कुसुम मण्डलको उनकै श्रीमानले हत्या गरिएको हो । कुमुमका बुवा जिवछ मण्डलका अनुसार मोटरसाइकल नामसारी गराउन भन्दै प्रकाशले पटकपटक श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए । उनी भन्छन्, ‘आर्थिक अभावका गर्न तत्काल नामसारी गर्न सकेनौं । […]
मकवानपुर प्रहरीले ५ किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको बा ५७ प २३४३ नम्बरको मोटरसाइकल जाँचको क्रममा प्रहरीले लागुऔषध गाँजासहित निजगढ नगरपालिका १२ का २७ वर्षीय राजकुमार तितुङ्ग र ३२ वर्षीय बिरबहादुर तितुङ्गलाई पक्राउ गरेको हो । बिरबहादुरले बोकेको झोलामा प्लाष्टिकको डोरीले बाँधेको चारपाटे आकारमा […]
एक वर्षअघि हेटौंडाबाटै मोटरसाइकल चोरी मुद्दामा घरौटी बुझाएर छुटेका गिरोहका नाइके सहित चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा निजगढ ४ का ३१ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा नगरपालिका ४ का २२ वर्षीय राजकपुर चौधरी, बाराको कोल्बी नगरपालिका ९ का १८ वर्षीय निरन्जन चौधरी र धिरज चौधरी छन् । उनीहरुसहित प्रहरीले […]