२६ किलो लागूऔषध चरेससहित गुल्मीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका-३ रजवाराका ३३ वर्षीय बालाराम पुन रहेका छन् । गुल्मीको मदाने गाउँपालिका वडानम्बर–१ अग्लुङ फेदीबाट पुनलाई २६ किलो चरेससहित नियन्त्रणमा लिएको गुल्मीका प्रहरी नायव उपरीक्षक घलेले बताए । प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीको टोलीले प्युठानबाट गुल्मी तर्फ […]
ताइवानमा जन्मिएका नायक एवं मोडल गडफ्रे गाओको बिहिबार चीनमा मृत्यु भएको छ । दुर्घटनाका बेला उनी एक टिभी शोको सुटिङ गरिरहेका थिए । सुटिङका बेला उनी अचानक लडेका थिए जसका कारण उनको मृत्यु भएको हो । ३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गगरिरहेका थिए । उनी यो कार्यक्रममा […]
खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले यहाँका एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधबार गरेको बजार अनुगमनका क्रममा खाद्य पदार्थको स्वच्छतलाई बेवास्ता गरी मापदण्ड विपरीत संचालित भएको फेला […]
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।बुधबार दिउँसो सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१ ४८ नम्बरको बस सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो […]
हुम्लाको सिमिकोटमा बुधबार टिपर दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव प्रहरी उपरीक्षक घर्ती मगरले बताए । अन्य १२ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सिमिकोट पठाइएको डीएसपी घर्ती मगरले जानकारी दिए । मजदुर बोकेर नाम्खाबाट जिल्ला सदरमुका सिमिकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको […]
पश्चिम सुर्खेतमा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएको छ । जनज्योति माध्यामिक विद्यालय बड्डीचौरमा कृषि जेटिए अध्ययन गर्ने विद्यार्थी बोकेको ट्याक्टर कर्णाली राजमार्गअन्तर्गत बराहताल-५ हल्दुवामा बुधबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा ३३ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज वन्तले बताए । घाइते मध्ये एकको अवस्था गम्भीर रहको एसपी वन्तले […]
बर्दिवास प्रहरीले महोत्तरीको बर्दिवासबाट मंगलबार साँझ लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सखुवानकार कटी गाउँ पालिका ५ घर भएका मोहम्मद सजिम अन्सारी रहेका छन् । अन्सारी मंगलबार बेलुका बर्दिवास सिन्धुली सडक खण्डको बिपी राजमार्गको बर्दिवास चोकमा कालो रंगको झोला बोकी हिँड्दै गरेको अवस्थामा शंका लागेर खान तलासी गर्दा पक्राउ परेको […]
राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको खुलेको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको बताए । उनले भने, ‘अहिलेसम्म १९ लाख १९ […]
पोखरामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को चुनावी सभानजिकै विस्फोट भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको प्रदशर्नी केन्द्रनजिकै शंकास्पद बस्तु विस्फोट भएको कास्की प्रहरीले जानकारी दिनुभयो । विस्फोट भएको बस्तु बम नै भएको भने पुष्टि नभएको प्रहरीले बताएकाे छ । विस्फाेटबाट मानवीय क्षति भने भएकाे छैन । विस्फोटबाट पार्किङ गरिराखेको ग १ ख ८८९१ नम्बरको […]
बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०७ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा […]