Home > Articles posted by NewsDesk (Page 10)
FEATURE
on १३ पुष २०७८, मंगलवार १७:४३
302 views 0 secs

रौतहटमा जन्ती बोकेको भारतीय नम्बर प्लेटको स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । गौर-चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा मंगलबार ८ जना सवार स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपीले बताए । अन्य घाइते ३ जनाको गरुडास्थित विभिन्न अस्पतालमा उपचार […]

FEATURE
on १३ पुष २०७८, मंगलवार १५:४८
387 views 0 secs

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई अधिकार दिने सवालमा राजनीतिक क्रान्ति सफल भए पनि अरु थुप्रै काम गर्न बाँकी रहेको बताएका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी)बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि व्यक्तिको निरंकुशताको खतरा रहेको बताए । वंश विशेषको […]

FEATURE
on १३ पुष २०७८, मंगलवार १५:३३
410 views 0 secs

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ। हिजो तोलामा ९३ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आज चाँदीकाे भाउ भने तोलामा १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा पुगेको महासङ्घले जनाएकाे छ ।

FEATURE
on १३ पुष २०७८, मंगलवार १५:२७
360 views 0 secs

नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे हाे । बङ्गलादेशकाे मिरमुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएकाे खेलमा नेपालले पहिलाे सेट २५–२४ ले जित्याे । यस्तै दाेस्राे सेटमा बङ्गलादेश २५–२४ ले विजयी भयाे । त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो […]

FEATURE
on १३ पुष २०७८, मंगलवार १०:०३
377 views 0 secs

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ ।युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा छ । युके पाउन्ड स्टलिङ […]

FEATURE
on १३ पुष २०७८, मंगलवार ०९:४०
372 views 0 secs

पोखरामा १५ वर्षअघि भएको हत्यामा संलग्न एकजना आरोपीलाई बहराइनमा पक्राउ गरिएको छ । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले गरेको अनुरोधका आधारमा बहराइन प्रहरीले पोखराका अशोक गुरुङलाई पक्राउ गरेको प्रहरी प्रवक्ताले बताए । २०६३ वैशाख २९ मा पोखराको सात मुहानेमा भएको रोजन राईको हत्यामा उनी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि उनी […]

FEATURE
on १३ पुष २०७८, मंगलवार ०७:२०
427 views 0 secs

पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ । पश्चिमका केही ठाउँमा मङ्गलवार बिहानैदेखि पानी पर्न थालेको र अन्य ठाउँको मौसम भने बद्ली रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार आज र भोलि दुई दिन देशभर मौसम बद्ली हुनेछ। धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा भारी हिमपातको पनि अनुमान […]

FEATURE
on १३ पुष २०७८, मंगलवार ०७:०५
339 views 12 secs

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। परिवारजनको साथ जुट्नाले नयाँ […]

FEATURE
on १२ पुष २०७८, सोमबार १६:५१
381 views 0 secs

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपीले बताए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुगेका छन् । युवतीको हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा […]

FEATURE
on १२ पुष २०७८, सोमबार १६:१४
344 views 0 secs

सर्लाहीमा इलाका प्रहरी कार्यालय ईश्वरपुरको भ्यानले ठक्कर दिँदा एक जना व्यवसायीको ज्यान गएपछि त्यसको विरोधमा स्थानीय व्यापारीले बयलवास बजारमा प्रदर्शन गरेका छन् । हिजाे आइतवार राति प्रहरीकाे भ्यानले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५ का स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएको हो । स्थानीय व्यापारीकाे प्रदर्शनका कारण बजार पूर्ण रूपमा ठप्प भएको छ । अहिले बजार क्षेत्रमा […]