४ मंसिर, काठमाडौँ। रुपन्देहीको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलका भैरहवा सडक खण्डकको तिलोत्तमाको मणिग्राम लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी रुपन्देहीका व्यवसायी माधवलाल देवकोटाको मृत्यु भएको छ । उनीसँगै मोटरसाइकलमा सवार […]
४ मंसिर, काठमाडौँ। बझाङमा भूकम्प गएको छ। सोमबार बिहान ११ बजेर ३७ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। आइतबार रूकुम पूर्वमा दुई पटक भूकम्प गएको थियो। आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युड र ४ बजेर ४७ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो। गत कात्तिक १७ गते जाजरकोट […]
४ मंसिर, काठमाडौँ। फिल्म निर्माता तथा अभिनेता किरण नेपाली कार दुर्घटनामा घाइते भएका छन् । उनी चढेको कार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ चौकीधारमा आइतबार बेलुका दुर्घटना भएको छ । उनी चढेको कार सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा किरणको मेरुदण्डमा गम्भीर चोट लागेको छ । उनको अहिले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ […]
४ मंसिर, काठमाडौँ। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि आजबाट विद्यालय खुल्दै छन् । प्रदेश सरकारले केही दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर भूकम्पछिको विद्यालयको अवस्थाबारे जानकारी दिएर बिदा दिने तयारी गरेको छ । जसमा सबैभन्दा धेरै रूकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको छ । रूकुमपश्चिम र जाजरकोटमा १–१ गरी दुई शिक्षक घाइते भएका छन् ।
४ मंसिर, काठमाडौँ। अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ। आइतबार बिहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए। यसअघि चिसोका कारण शनिबार तीन जनाको ज्यान गएको थियो। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र […]
३ मंसिर, काठमाडौँ। बर्दियामा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आज घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
३ मंसिर, काठमाडौँ। दक्षिणी फिलिपिन्समा शुक्रबार दिउँसो आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले जनाएअनुसार मृतकहरूको सङ्ख्या अझै पनि यकिन हुन बाँकी रहेको छ भने प्रान्तीय अधिकारीहरूले त्यसबारे निरन्तर मूल्याङ्कन गरिरहेका छन्। भूकम्पबाट १ हजार ५ सयभन्दा बढी मानिस प्रभावित भएका छन् । […]
३ मंसिर, काठमाडौँ। रूकुम पूर्वमा आज भूकम्प गएको छ। आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो। त्यसपछि पनि पटक-पटक परकम्प गइरहेकोरूकुम पूर्वमा आज भूकम्प गएको छ।
३ मंसिर, काठमाडौँ। चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि थिए […]
३ मंसिर, काठमाडौँ। इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । सो दुर्घटनामा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको बताए । धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको। होबाँकी २७ जनाको उद्धार भइसकेको छ […]
