
७८ लाखको घूस काण्डमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक बुधबार सुटुक्क विशेष अदालतमा उपस्थित भएका छन् ।
अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा उनको बयान चलिरहेको छ।
बयानपछि मंगलबार नै थुनछेकको लागि सुनुवाइ हुने छ। त्यसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी माग्ने वा साधारण तारेखमा राख्न आदेश दिने छ। उनीसँगै प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने हाल फरार छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध घूस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
यो पनि पढ्नुहोस् :
- अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा
- अख्तियार आयुक्त राजनारायण पाठकद्वारा राष्ट्रपतिसमक्ष राजीनामा, महाअभियोग तयारी स्थागित
- अख्तियार आयुक्त पाठकको घूस प्रकरण : कार्यालय अख्तियार, अखडा तीनकुने, उच्च पदस्थहरू ४ महिनादेखि गुपचुप
- पाठकमाथि छानबिन सुरु भइसकेको छ : प्रमुख आयुक्त
- इन्जिनियरिङ कलेज अनियमितता : दुई वर्षमा ९ निकायसँग सेटिङ
- ९० करोडको अनियमितता लुकाउन पाठकलाई ७८ लाख घूस