
साताव्यापी औपचारिक चीन भ्रमण रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या देखा परेपछि आज स्वदेश फर्किँदै छिन्।
चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि आज स्वदेश फर्किन लागेकी हुन्। स्वास्थ्यमा समस्या देखा परेपछि उनी सम्मेलनका कार्यतालिकाभन्दा एक दिनअघि स्वदेश फिर्ता हुन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट आज बिहान साढे १० बजे स्वदेश आइपुग्ने सचिवालयले जानएको छ । बिआरआई फोरमअन्तर्गतको गोलमेच सम्मेलनमा सहभागी भई चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा भ्रमणमा पुग्नुभएका राष्ट्रपति भण्डारी सिधै नेपाल आउनुहुने कार्यक्रम तय गरिएको छ।