
मध्यपहाडी राजमार्गको घुर्मी–खुर्कोट सडक खण्डमा सुमो र बस एक आपसमा ठोकिँदा सुमोमा सवार ६ जना यात्रु घाइते भएका छन।
काठमाडाैंबाट ओखलढुंगा आउदै गरेको बा ४ ख ४४३४ नम्बरको बस र सोलुखुम्बुुको नेले बाट काठमाडौं जादै गरेका ना १ ज ७०९४ नम्बरको सुमो फिक्कल गाउँपालिका– ५ झँगरेमा ठोकिदा सुमोमा सवार ६ जना यात्रु घाईते भएका हुन।
सोलुखुम्बु नेलीकी ८० वर्षिय देवउकुमारी खत्रि, ३८ की कृष्ण कुमारी खत्रि, मोगरेकी वर्ष २२ की धनकुमारी सार्की, थुलुङ्गदुधकोशी गाउँपालिका–१ वर्ष ४५ की जांमु शेर्पा र उनका तीन वर्षिय छोरा सांगे शेर्पा सहित सुमो चालक सिन्धुपाल्चोकका ४४ वर्षिय राजेन्द्र बानिया घाईते भएका छन् ।
घाईते ६ जना मध्ये एकको अवस्था गम्भिर रहेको अस्थायी प्रहरी चौकी फिकल सिन्धुलीका प्रहरी सहायक निरिक्षक षडानन्द यादवले जानकारी दिएका छन्।
घाईते सोलुखुम्बुकी ८० बर्षिय देवकुमारी खत्रीको अवस्था गम्भिर रहेको यादवले बताए । खत्रिको हाँत भाचिनुका साथै निधारमा चोट लागेको छ। उनलाई थप उपचारका लागि काठमाडौं पठाईएको छ। अन्यको उदयपुरको घुर्मिमा उपचार भैरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।