
काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाईदिने भन्दै एकजाबाट ३ लाख ३५ हजार रुपैयाँ अशुलेको आरोपमा ह्युमन रिसोर्स प्रालिका कर्मचारी गणेशबहादुर पतेनीभाट पक्राउ परेका छन् ।
आइतबार बसुन्धारास्थित कार्यलयबाटै उनलाई वैदेशिक रोजगार विभागको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिबाट ३ लाख ३५ हजार रुपैयाँ पनि बरामत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दुवई जाने कामदारबाट तीन लाख ३५ हजार रुपैयाँ लिँदै गर्दा उनलाई विभागको टोलीले पक्राउ गरेको हो ।
दुवई पठाउन तीन लाख ८० हजार रुपैयाँ उठाउँदै गरेको सूचनाका आधारमा म्यानपावरमा छापा मार्दा उनी पक्राउ परेको विभागले जनाएको छ ।
सोधपुछका लागि म्यानपावर कम्पनीका सञ्चालक संजितकुमार पतेनीलाई आवश्यक कागजातसहित विभागमा बोलाइएको छ ।