“दुश्मनले जहाँ टेक्छ त्यहीँ पडकिनु पर्दछ” लाई साम्राज्यवाद र उसका दलालहरूलाई परास्त गर्न नै युद्धनीतिमा लिइयो । यो पार्टीपङ्क्तिमा निकै लोकप्रिय उक्ति भयो र लहरझैँ फैलियो । कमरेडहरूको मुखमा सदैव यो उक्ति कण्ठस्थ नै छ । अकारण कुनै कमरेड काममा हिच्किचायो भने कसैको मुखबाट निस्किहाल्छ के हो कमरेड “जहाँ टेक्यो त्यहीं विष्फोट हुने” भनेको होइन ? बिर्सिनुभयो कि ?
नेपाली क्रान्ति यतिखेर विजयको संघारमा उभिएको छ । त्यसलाई हरहालतमा भाँड्न अमेरिकी साम्राज्यवाद प्रत्यक्षरूपले आइपुगेको छ । समाजवादी क्रान्ति (जनवादी क्रान्ति) को प्रमुख अन्तर्विरोध साम्राज्यवादसँग रहने अनिवार्य नियमबाट हेर्दा नेपालमा अमेरिका आउनु कुनै अनौठो घटना भने होइन । बरु नेपाली क्रान्तिबाट सबै भन्दा बढी आक्रोशित र त्रस्त कोही छ भने त्यो अमेरिका नै हो । यसो त जनयुद्ध नै साम्राज्यवादको हल हो र अमेरिकाको मृत्यु पनि यसैमा लुकेको छ । यसर्थ अमेरिका आउनु स्वाभाविक नै मान्नुपर्दछ ।
परन्तु, नेपाली क्रान्तिमा थपिएको यो एउटा चुनौति भने पक्कै हो । यो सच्चाइलाई विश्वभरिका हाम्रा मित्र–शत्रु दुवैले देखिरहेका छन् । हामीले यो अन्तर्विरोधलाई सहीढंगले हल गर्न सक्नुपर्नेछ । यसको अर्थ जनयुद्ध नयाँ चरणमा प्रवेश गरेको छ र हाम्रा सही नीति र कार्यनीतिहरूलाई नयाँ उँचाइबाट दह«ोसँग पकड्न जरुरी भएको छ । यसरी हेर्दा अध्यक्ष्ँ कमरेडको “जहाँ टेक्छ त्यहीं पड्किने” भन्ने भनाइको सान्दर्भिकता र प्रयोगको आवश्यक निकै बढेको देख्न सकिन्छ ।
अमेरिका नेपालमा पसेको सवाल सबैको लागि नयाँ बनेको छ, केही मान्छेहरूलाई त अलि बढी नै छोएको छ । सतहबाट झलक्क मात्र हेर्दा अमेरिकासँग लड्ने कुरा अलि गाह«ो जस्तो पनि लाग्छ । यो सही हो कि अमेरिकाले नेपालमा आफ्ना जरा गहिरो गरी नै गाड्न चाहन्छ । यसैले सधैँजसो नेपाली शाही सेनामा नियन्त्रण राख्ने भारतलाई विस्थापित गरिदिएको छ । भारतीय प्रविधि र प्रशिक्षणमा रहेको शाही सेनालाई आफ्नो नियन्त्रणमा लिएर आफ्नो प्रविधि र प्रशिक्षण दिंदैछ । यसो भनौं नेपाली पुरानो सत्तामा अमेरिका हावी भएको छ, तर यो साँचो होइन कि अमेरिकासँग लड्न गाह«ो छ ।
इतिहासमा धेरैपटक परीक्षण भइसकेको छ कि त्यस्ता क्रान्तिकारी युद्धहरू जो सही विचारद्वारा निर्देशित हुन्छन्, त्यो युद्ध कहिल्यै पनि असफल भएका छैनन् र अब हुने पनि छैनन् । किन कि युद्धमा प्रविधि, प्रशिक्षण र बाह्य हस्तक्षेप निर्णायक हुँदैनन् । निर्णायक त क्रान्तिकारी सही विचार, नीति र व्यवहार नै हुन्छ– जो जनताको जीवनसँग प्रत्यक्ष जोडिएको हुन्छ ।
हामीले सात वर्ष जनयुद्ध लडिसकेका छौँ । साँचो कुरा भन्ने हो भने हामीले धेरै अप्ठ्यारो अवस्थाबाट युद्ध सुरु गरयौँ । एक प्रकारले भौतिक रूपमा नाप्दा खाली जस्ता थियौं । तर, हामीले क. माओ भनेझैँ “सही विचार” लाई पकड्याैँ र कमरेड प्रचण्डको “सही विचारलाई पकड्ने नीति”लाई पालना गरयौँ ।
र, योजनाहरूलाई दराेसँग पकड्दै व्यावहारिक कार्यान्वयनमा हाम्फाल्यौँ । मान्छेहरूलाई पत्याउनै गाह«ो भयो तर हामीलाई बाहिरबाट सोचेजस्तो गाह«ो भएन, सजिलो जस्तो भयो । क्रमशः युद्ध जीवनमा बदलिंदै आयो । फलतः हामीले जित्दै आयौँ । भौतिक मापनमा सापेक्षित रूपले हामी भन्दा बलियो देखिने सामन्त, प्रहरी, शाही सेना सबैलाई जित्दै आयौँ । अन्य उपायद्वारा असम्भव रहेका प्राविधिक साधन, हतियार गोलीगठ्ठा र आर्थिक प्राप्त गरयौँ । कसैले नसोचेका जनसत्ताहरू निर्माण गर्न सफल भयौं । यो वास्तवमा सही विचारको प्रतिफल हो ।
अमेरिका, जसले हस्तक्ष्ँेप गर्दैछ, केही मान्छेहरूले सोचेजस्तो कठिन छैन । यसले पनि प्रविधि र तालिमभन्दा अन्य नयाँ केही दिन सक्नेछैन । ती वस्तुतः जनयुद्धमा पहिले नै असफल भइसकेका छन् । अर्को तथ्य यो छ कि अमेरिका क्रान्तिकारी कम्युनिष्ट क्रान्तिसँग सबैतिर हार खाएर फर्किरहेको छ । भियतनाम यसको नमूना मानिन्छ भने क्युवा, कोरिया, चाइना सबै यसका उदाहरण हुन् । यसरी भन्दा अमेरिका जनवादी क्रान्तिसँग हारिसकेको दुश्मन हो ।
क्रान्ति र प्रतिक्रान्तिका ऐतिहासिक शिक्षाहरूद्वारा प्रशिक्षित र नयाँ विचारले निर्देशित हाम्रो क्रान्तिलाई परास्त गर्ने मनोसपना असम्भव छ । फेरि पनि क. माओले भनेझैं दुश्मनलाई “साँच्चैको बाघमा” पनि बु¤नु क्रान्तिकारीहरूको क्षमता हो । यसो भन्नुको मतलब यो हो कि हामीले “२१ औँ शताब्दीको नयाँ भियतनाम” भएर “जहाँ टेक्यो त्यहीं पड्किने” भन्ने शिक्षालाई अझ दह«ोसँग पकड्न आवश्यक छ । साँच्चैको दह«ो यति दह«ो कि अमेरिका र उसका दलालहरू जता देखापरे पनि जनयुद्धको चक्रब्यूहबाट उम्कनै नपाऊन् ।
हाम्रो ऐतिहासिक योजना र फक्री राखेको उल्लेखित युद्ध विशेषतामा नेतृत्व, पार्टी कमिटी र सदस्यहरू नयाँ उचाइमा एकीकृत, संकल्पबद्ध, चङ्ख र गम्भीर हुनैपर्दछ । यो बेलामा पूरा गर्नु पर्ने काम, भूमिका र जिम्मेवारी बारेमा अकर्मण्यता, भद्रगोलता, अस्पष्टता रहन नपाओस् भन्नका लागि कमरेडहरूले कामहरूलाई प्राथमिकताको आधारमा सूचीबद्ध गर्न जरुरी छ । जुन कामहरू सबैभन्दा महत्वका र बहुप्रभावी हुन्छन् त्यस्ता काममा विशेष जोडका साथ पार्टी पङ्क्तिलाई परिचालन गर्नुपर्दछ ।
काम गर्दा मुख्य अन्तर्विरोधलाई सबैभन्दा अगाडि समाधान गर्ने नियमको महत्व यसैमा अन्तर्निहित छ । यसो भन्दा हाम्रो मुख्य काम अमेरिका र ऊद्वारा नियन्त्रित र परिचालित भाडाका सिपाहीसँग लड्नु र परास्त गर्नु रहेको छ । अर्थात् युद्धसम्बन्धी काम मुख्य स्थानमा रहेको छ । यसबाहेक अन्य महत्वपूर्ण कामहरू पनि छन् भन्ने प्रष्ट छ तर हेक्का राख्नैपर्दछ कि कामको केन्द्र भने पहिले नै हुनुपर्दछ । जहिलेसम्म मुख्य कामलाई सफलतापूर्वक अगाडि बढाइँदैन, अन्य कुनै पनि उपलब्धिको रक्षा संभव हुन सक्दैन । यहींनेर क्रान्तिकालमा “संर्घषको रूप युद्ध र संगठनको रूप सेना” हुन्छ भन्ने क. माओको शिक्षा स्मरणीय छ ।
हामी युद्धको यो उच्चता र जिम्मेवारीमा पुग्दा बु¤नुपर्दछ कि युद्ध कुनै एक मोर्चा, एक स्थान, एउटा घेरामा मात्र सीमित छैन देशैभरि छ । त्यसैगरी युद्ध कुनै एउटा सैन्य शक्ति, एक पंक्ति र केही मान्छे मात्र लडेर पुग्नेछैन सबै शक्ति लड्नुपर्दछ । यहाँबाट हेर्दा “जहाँ टेक्यो त्यहीं पड्किने” भन्ने भनाइको उचाइ हरगाउँ, मोर्चा, हरेक पहाड र जंगल, किल्ला, हरेक नागरिक (संघर्षरत) सिपाही र हरेक वस्तु हतियारको स्पिरिटमा बुझ्न सकिन्छ ।
खासगरी भियतनाम युद्धको शिक्षा पनि यही हो ।
स्पष्ट छ कि हामीलाई यो काम गर्न केही कठिनाइ छ । सिधा र सपाट छैन । परन्तु, यो असंभव छैन, संभव छ । हामीले काममा आलटाल गरेनौं र तत्परताका साथ लाग्यौं भने, ढिलासुस्ती गरेनौं र तीब्रतामा खट्यौं भने, विकेन्द्रित र उदासीन भएनौं, बरु केन्द्रीकृत र आत्मविश्वासका साथ लागिपरयौं भने हामी ठोकुवा गरेर भन्न सक्छौं हाम्रा गाउँहरू अभेद्य किल्ला बन्न सक्छन् ।
आफ्नै विशेषतासहित हर–नागरिकहरू लडाकु सिपाही बन्न सक्छन् र ढुङ्गा, माटो, काठ, फलाम सबै नै हतियारमा बदलिन सक्छन् । शहर, गाउँ, पहाड, तराई, सबै नै बिस्फोट हुन सक्छन् । संभवतः अमेरिका र उसका षड्यन्त्रकारी मण्डलीलाई चकनाचुर पार्ने यो नै सबैभन्दा सरल र उत्तम तरिका पनि हो ।