
लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा काम गर्दै आएका गीतकार हुन् नारायण गौतम । काभ्रेपालनचोक जिल्लाको देउराली गबिसमा आमा दुर्गा देवी गौतम र बुबा शिव प्रसाद गौतमको कान्छो सन्तानको रुपमा २०४० सालमा जन्मिएका हुन् ।
नेपाली सांगीतिक आकाशमा पहिलो एल्बम “श्रुतिमा” बाट नेपाली गीत संगीतमा गीत लेखनमा प्रबेश गरेका नारायण गौतमको त्यसै एल्बम “श्रुतिमा” समाबेश गीतहरु “कहिले पनि न बोलेको” “न दुख्ने न पोल्ने” “तिम्रो नाउँको सिंदूर” जस्ता गीतहरुले चर्चा कमाउँ सफल भएका छन् ।
प्रवासमा रहेर गौतमले दर्जनौ गीतहरु पनि लेखि सकेको छन् र उनले मानबीय स्वभाव सँग जोडीएर लेखेको गीत “जुन ताराको” ले अत्यधिक चर्चा कमाऊँन सफल भएको थियो र यही गीत २०औ इमेज अवॉर्डमा उत्कृष्ट ५ मा मनोनीत हुँन सफल भएको थियो ।
अलीकति फरक धारका गीत लेख्न रुचाउने नारायण पछिल्लो समय नयाँ गीत “प्रेम पत्र” सार्बजनिम गरेका छन् । गीत लेखनमा उनको यात्रा अझै अगाडी बढ्दै जावोस हाम्रो तर्फ बाट शुभकामना ।
उनले लेखेका गीतका केहि भिडियो लिंक सहित
“कहिले पनि न बोलेको”
“न दुख्ने न पोल्ने”
“तिम्रो नाउँको सिंदूर”
जुन ताराको