1383 views 0 secs 0 comments

अरिंगाल बाट मौरीमा झरे : प्रधानमन्त्री

In देश, राजनीति
६ आश्विन २०७५, शनिबार १३:५१

प्रतिक्रियाबादीविरुद्ध अरिंगालजस्तो गरी हमला गर्न निर्देशन दिएर आलोचना खेपेका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मौरी जस्तो एकजुट भएर देशको हितको लागि काम गर्न नेता/कार्यकर्तालाई आग्रह गरेका छन्।
आफ्ना स्वार्थ त्यागेर देशका स्वार्थ केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीले आग्रह गरेका हुन्। देशका स्वार्थकै लागि काम गर्न माओवादीसँग मिलेर चुनाव लडेको र पार्टी एकता गरेको उनले बताए।

‘हामी एकतावद्ध हुनुपर्छ भनेको तर्सिएर, झस्किएर उधुम नै भइहाल्यो’, शनिबार पार्टी मुख्यालयमा चौंथो साहना प्रधान स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आज मौरी भन्छु। कर्मी मौरीजस्तो एकजुटताका साथ अघि बढ्ने हो।’
मौरीको मह अरुले खोसेर खाइदिने गरे पनि आफूहरूले आर्जन गरेको मह बाँडेर खाने उनले बताए।
‘बाँड्न सकिने गरी देशमा मह जम्मा गर्ने काममा हामी लाग्नुपर्छ’, उनले भने, ‘सहज ढंगले देश बनाऔं। सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार छ।’
तर प्रतिपक्ष कुखुराको चल्लाले सानो किरा फट्यांग्रा भेटे जसरी कुरै नबुझी किरा भेटेको चल्लाको पछि लागेको प्रधानमन्त्रीले आरोप लगाए।
यस्तै उनले शान्ति प्रक्रिया टुंगोमा पुर्याएकोले अब आर्थिक विकासका लागि आफूहरु अघि बढेको पनि बताए।