नेपालको अहिलेसम्मको लामो सिक्वेल चलचित्र ‘नाईं नभन्नु ल’को पाचौँ सिरिजमा पनि नाम चलेका स्टार कलाकारहरु हुने भएका छन् । चलचित्रका निर्देशक बिकास आचार्यका अनुसार चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, राजाराम श्रेष्ठ, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गर्ने भएका छन् ।
स्क्रिप्टको काम सक्किसकेको चलचित्रमो गगीतसंगीत पनि तयार भईसकेका छन् । चलचित्रमा अन्य कलाकारहरुको भने टुङ्गो लागिनसकेको आचार्य बताउँछन् । अरु कलाकारको टुङ्गो लाग्ने बित्तिकै चलचित्र छायांकनमा जाने छ । ९० प्रतिशत छायांकन इलाम र बाँकी काठमाण्डौँ छायांकन हुने चलचित्र चैत १५ देखी फ्लोरमा जाने छ ।