599 views 3 secs 0 comments

‘भारतको दादागिरीविरुद्ध भूमि रक्षामा उत्रिन्छौँ’

In देश, समाज
५ माघ २०७४, शुक्रबार १५:३४

काठमाडौँ: सत्तारुढ दल नेपाली कांग्रेसनिकट युवा संगठन तरुणढ दलले भारतीय पक्षबाट भइरहेको सिमाना अतिक्रमण तत्काल बन्द गर्न माग गरेको छ ।

भारतीय पक्षबाट नेपाली सिमाना अतिक्रमण भएको घटनाले दु:खी र आक्रोशित बनाएको जनाउँदै दलले यस्ता काम तत्काल बन्द गर्न भारतीय पक्षलाई आग्रह गरेको छ।

‘पर्सा, रौतहट, कन्चनपुर लगायत विभिन्न जिल्लाको नेपाली भूमि मिचेर जंगे पिलर सारिएको घटनाप्रति हामि गम्भीर आपत्ति प्रकट गर्दछौँ’, तरुण दलले भनेको छ, ‘नेपाली सिमाना र अस्मितामाथि गम्भीर चोट पुर्याउने उक्त कदमलाई तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछौँ ।’

तरुण दलका महामन्त्री भुपेनद्रजंग शाहीले यस्ता घटनाको सत्यतथ्य पत्ता लगाई बारम्बार हुने सिमाना अतिक्रमणको दीर्घकालीन समाधानको पहल थाल्न सरकारसँग माग गरेको छ । ‘यो दादागिरी देखाउँदै भएको यो अतिक्रमण बन्द नभए हाम्रो भूमि रक्षाका लागि हामी जुनसुकै कदम चाल्न बाध्य हुन्छौँ’, शाहीले भनेका छन्,’यस्ता काम बन्द गर्न हामी सम्बन्धित पक्ष सबैलाई सचेत गराउछौँ।