620 views 0 secs 0 comments

नयाँ दिल्लीमा बसेर भाइबरबाट नेपालीलाई ठगि गर्ने पक्राउ

In देश
६ पुष २०७४, बिहीबार १३:०२

भारतको नयाँ दिल्लीमा बसेर भाइबरबाट ठगि गर्ने   पक्राउ परेको छ ।   उनीहरुलाई प्रहरीले सोमबार वीरगंज महानगरपालिका–८ घण्टाघर नजिक पान गल्लीमा रहेको माँ दुर्गा मनि ट्रान्सफर तथा नारायणी गेष्ट हाउसबाट पक्राउ गरेको हो। उनी दिल्लिमा बस्दछन् ।

साकिर रेजा ठगी घटनामा मुख्य योजनाकार हुन् । पर्साका डिएसपी राजन लिम्बुका अनुसार उनले नै यस्तो ठगीको योजना बनाएका थिए । ‘कसैलाई भाइबर त कसैलाई फेसबुकमा लाखौंको चिठ्ठा परेको म्यासेज पठाउथे, कतिपयलाई दिल्लीबाट फोन नै  समेत गरेका थिए  । उनले चिठ्ठाको पैसा पठाउन नेपाल सरकारलाई कर बुझाउन लगाएर आफ्ना व्यक्तिको खातामा पैसा पठाउन लगाएर ठगी गर्दै आएका थिए।

प्रहरीले उनीहरुको साथबाट फिरोज राय भाट नामको मतदाता परिचय पत्रको फोटोकपी ९० थान, सोही नामको नागरिकताको फोटोकपी १ सय ७ थान, सिटी एक्सेस मनी ट्रान्सफरको सक्कल खाली भौचर २४ थान,  प्रभु मनि ट्रान्सफरको सक्कल खाली भौचर १ सय ४९ थान, हिमाल रेमिटको सक्कल खाली भौचर ४२ थान, नगद नेपाली २ लाख ४० हजार रुपैयाँ तथा भारतीय ५ हजार ४ सय रुपैयाँ, मोवाइल, फोटो , एटीएम कार्ड लगायतका सामानहरु बरामद गरेको छ । पैसा लिन वीरगंज आएका बेला रेजा पक्राउ परेका हुन्।