दुध र दहिको साटो बदामको सेवन गर्दा यस्तो फाइदै फाइदा

In स्वास्थ्य/जीवनशैली
५ पुष २०७४, बुधबार १४:१६

काठमाडौ । आजकल घाममा बसेर बदाम खान एकदम मज्जा आउने जो कोहिलाई पनि थाहा भएकै कुरा हो । बदाम पौष्टिक आहारको घर हो । यो खास गरि चिसो लाग्ने समयमा खाएमा हाम्रो शरिरका लागि एकदम राम्रो फाइदा हुन्छ ।

शरिरीक वृद्धिको लागि यसले सेवा पु¥याउछ। त्यसैले बदाम खान एकदम जरुरी छ । यदि तपाई दुध र दहिको सेवन गर्दैन भने बदाम खादा पनि हुन्छ । बदाममा आइरन,जिंक र क्यालसियम जस्ता तत्वहरु पाउँछ जसले हामीलाइ तागत प्रदान गर्छन् । त्यतिमात्र नभएर यो  भिटामीन बि र ई ले भरिपूर्ण रहेका हुन्छन् ।

बदामको सेवनबाट हुने यी फाइदाहरु :

स्ट्रोकको खतरामा कमीः बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन्। जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ।

क्यान्सरबाट बचाउँछः बदाममा ‘फाइटोस्टेरोल’ नाम गरेको तत्व  हुने हुदा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ।

कोलेस्टेरोल तह नियन्त्रणः बदाममा हुने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ।

डायबिटिजबाट जोगाउँछः बदाममा हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ‘ब्लड सुगर’को तह कायम राख्न सघाउँछ। यसले डायबिटिजको समस्याबाट जोगाउँछ।

डिप्रेसनबाट जोगाउँछः बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनाबबाट मुक्ति हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस्।

छालामा चमकः बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ। बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ। बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ।