हैजाका कारण २० जनाको मृत्यु

In स्वास्थ्य/जीवनशैली
३ पुष २०७४, सोमबार १६:३९

जाम्बिायाको राजधानी लुसाकामा हैजाका कारण २० जनाको मृत्यु भएको छ । फोहोर पानीका कारण लाग्ने यो रोगबाट गत अक्टोबरदेखि अहिलेसम्म २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हैजाको संक्रमण भएका थप २९ जना बिरामी गत बुधबार अस्पतालको सम्पर्कमा आएका थिए । स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरुको संख्या ७ सय ६० पुगेको जनाएको छ ।

हैजाको प्रकोप फैलिने खतरा रहेकोले गम्भीर रुपमा यसको निराकरणका कार्यहरु गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । हैजाबाट बिरामी भएकाहरुले ५७ जनाले मात्रै अहिले अस्पतालमा उपचार गराइरहेको तथ्यांक रहेको छ ।

विश्व स्वास्थ्य संगठनले आगामी दिनमा पनि झाडापखालाको प्रकोप अझ बढ्न सक्ने चेतावनी दिएको छ ।