858 views 2 secs 0 comments

आज संयुक्त पत्रकार सम्मेलन गर्दै ओली र दाहाल

In देश
२ पुष २०७४, आईतवार १०:२७

पुस २, २०७४-प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमत पाएको बाम गठबन्धनले चुनावपछि पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गर्ने भएको छ ।

राजधानीमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा ओली र दाहालसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा नेताहरुले आम मतदातालाई धन्यवाद दिने बताइएको छ । साथै राष्ट्रिय सभा निर्वाचन अध्यादेश, प्रदेश प्रमुखको नियुक्तिलगायतका विषयमा दुवै दलको ठोस धारणा सार्वजनिक गर्नेछन् ।

http://bit.ly/2CLhgBM