समानुपातिकमा एमालेको अग्रता निरन्तर

In राजनीति
२९ मंसिर २०७४, शुक्रबार १२:४९

मंसिर २९, २०७४-प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेसभन्दा फराकिलो जीत निकालेको एमालेले समानुपातिकमा पनि अग्रता कायम राखेको छ । कांग्रेसलाई ८८८३१ मतले पछि पार्दै एमालेले अग्रता कायम राखेको हो ।

समानुपातिकमा झण्डै ९० लाख मतगणना हुँदा एमालेले ३० लाख ६ सय ४१ मतसहित अग्रता लिएको छ । कांग्रेसले २९ लाख ११ हजार ८ सय १० मत पाएको छ ।

माओवादी केन्द्रले १२ लाख २ हजार ९ सय ७७ मत पाएको छ भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले ४ लाख २१ ह्जार ५ सय ५८ मत पाएको छ भने राष्ट्रिय जनता पार्टी नेपालले ३ लाख ८४ हजार ७ सय ७४ मत पाएको छ ।

एमाले, कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम र राजपाले ३ प्रतिशत थ्रस होल्ड कटाएका छन् । राम्रो मत पाए पनि विवेकशील साझा पार्टी, राप्रपा, राप्रपा प्रजातान्त्रिकबाट भने समानुपातिक प्रतिनिधित्व नहुने निश्चितजस्तै भएको छ ।

http://bit.ly/2o6kcFV