606 views 1 sec 0 comments

इँटाभट्टामा इँटाको चाङ्ग भत्किँदा एकको मृत्यु, आठ घाइते

In समाज
२७ मंसिर २०७४, बुधबार १२:२०

चितवन – चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर मृत्यु हुनेमा रोल्पा घर भएकी ४० वर्षीया संगीता डाँगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
ढकालका अनुसार मंगलबार इँटाभट्टामा सो घटना भएको थियो । डाँगीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

अन्य आठजना सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।