791 views 1 sec 0 comments

महदेवाबाट किन रित्तै फर्कियो मतपेटिका ?

In देश, राजनीति, समाज
२२ मंसिर २०७४, शुक्रबार १५:१९

सप्तरी – बिहीबार ४५ जिल्लामा निर्वाचन भइरहँदा सप्तरीको महदेवा मतदानस्थल सुनसान रह्यो ।

हामी दिनभर मतदानस्थलमा बस्यौं । तर केही आएनन् मतदान अधिकृत धनेश्वर साहले भने हामीले बोलाएका राजनीतिक दलका प्रतिनिधिसमेत कोही आएनन् ।

अन्तत निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारी दिनभर घाम तापेर ५ बजे खाली मतपेटिका बोकेर फर्किए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतको गाउँ भएकाले भोट हाल्न नगएको स्थानीय जयकरण अधिकारीले बताए ।

स्थानीय बालेश्वर माझीले आफू कांग्रेस कार्यकर्ता भए पनि गाउँलेले निर्णय गरेर मतदानमा सहभागी नहुन भनेको सुनाए ।

सो मतदानस्थलमा पाँच सय ४५ पुरुष र चार सय १५ महिला मतदाता छन् ।