642 views 0 secs 0 comments

बम विस्फोट गराउने १० जना पक्राउ

In देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १२:०४

काठमाडौं  : बम विस्फोट गराउने दश जना युवा पक्राउ परेका छन्। देशका विभिन्न ८ ठाउँमा बम विस्फोट गराउने १० जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।भोजपुर, सिराहा, बारा, उदयपुर, संखुवासभा कास्कीमा बम पड्काउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो।

उदयपुरको प्रतिनिधिसभा सदस्य उमेदवार, संखुवासभाको उमेदवार राजेन्द्र गौतम र सिरहामा प्रहरीमाथि गोली चलाउने समूहसमेत पक्राउ परेको प्रहरी प्रवक्ता डिआईजी मनोज न्यौपानेले जानकारी दिए। पक्राउ परेका ती युवाहरू कुन पार्टीसँग संवद्ध छन् भन्ने बारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।