
१२ कार्तिक, काठमाडौँ।
गत आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) देखि ओरालो लागेको आयात चालु वर्षको असोजमा मात्रै वृद्धि भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना (असोज मसान्तसम्म) मा १.६९ प्रतिशत आयात बढेको छ।
मासिक तथ्यांक अनुसार अघिल्लो असोजको तुलनामा यो असोजमा एकैपटक ११ प्रतिशतले आयात बढेको छ। यो उल्लेखनीय वृद्धि हो।
गत वर्षको असोज एक महिनामा एक खर्ब २७ अर्ब रूपैयाँको आयात भएको थियो। चालु वर्षको असोज महिनामा एक खर्ब ४१ अर्ब रूपैयाँ पुगेको छ।
यो अवधिमा ७३ अर्ब ५२ करोड यस्तो सामान आयात भएको छ। तर, यो गत वर्षको भन्दा ६.४ प्रतिशतले कम हो।
औषधीको निर्यातमा भने सामान्य गिरावट आएको छ। गत वर्ष ७६ करोड रूपैयाँको औषधी निर्यात भएकोमा यो वर्ष ६९ करोडको निर्यात भएको छ।
आयातमा आएको उतारचढावलाई तुलना गर्दा नेपाली उत्पादनले थेग्ने क्षेत्रमा आयात घटेको देखिन्छ। औद्योगिक कच्चा पदार्थको रूपमा आयात हुने सामानको भने आयात बढेको छ। यसले स्वदेशी उत्पादनमा वृद्धि भएर अर्थतन्त्रलाई लाभ पुग्ने विश्लेषण गर्न सकिन्छ।