14 views 5 secs 0 comments

दशैं मान्दीन भन्दा २ जनाको बिभत्स ह-त्या…

In देश, समाज
९ कार्तिक २०८०, बिहीबार १२:४६

कार्तिक  , काठमाण्डौ

किरात आठपहरिया समाजले उल्लेख गरे अनुसार बिक्रम सम्बत १९२४( सन १८६७) को असोज महिनाको समय थियो।

अष्टमिको दिन मार हान्ने महानवमिको दिन बोका, राँगा, खसि, काटेर बली चडायो कि चडाएन भनी घर घरमा जाँच गर्न पुलिसहरुआएका थिए जुन समय आलो रगत लागेको औंलाको छाप लाउनै पर्ने नियम थियो त्यस समय आठपहरिया हाङ द्वय पुजारीहरुलेहाम्रो आफ्नै चाड हामी दशैं चाड मनौदैनौ भनी इन्कार गरेका थिए हाम्रो हुकुम पालना नगरेको भन्दै उनिहरुलाई लात हान्दै लगेर झुण्ड्याए । यसरी दुई जनालाई निर्मतापुर्वक हत्या गरे त्यसपछि रिदामाहांग आठपहरिया रामालिहंग आठपहरिया कै आलो रगतचामलमा मुछेर टिका बनाइ अरुलाई जबर्जस्ति निधारमा लगाइदिए त्यतिले मात्र नभई त्यही रगतले औंलाको छाप प्रत्येक घरको मुल ढोकामा हानियो रगतको टीका  सम्पूर्ण आठपहरिया जातिहरुलाई लगाउन लगाई चिनोको रुपमा ढोकाको दलिनमा आलो रगतले चिनो लगाउन उर्दी लगाइयो । यसरी उक्त दिन राणा शासकबाट दशै नमनाएको भनेर दुईजनाको हत्या गर्दै दशैपर्व जबर्जस्ति लाद्न खोजियो

https://youtu.be/Rk-Fyi8dDvU?si=g13y_Bd8rT-DVRQk