
प्रेम सुनार
गुल्मी , असोज २४ । तिम्रो बुढोलाई मार्ने पेमे त जेलबाट निस्केर घर आछ त … यस्तो कुरा कसैले छुस्स सुनाई दिए पछि गुल्मी रातामाटा गाउँकि गिता बिक छागाबाट खसे झै भइन ।त्यतिले मात्र त उनलाई पत्यार लागेन , अरु थुप्रै सङ्ग बुझ्दा सत्य साबित लागेपछी उनी न्याय माग्न रुदै सदरमुकामतिर धाउन थालेकी छ्न ।
घटना २०७७ माघ ३ गते दिउँसोको थियो । घटनास्थल गुल्मीदरबार गाउँपालिका बलिथुम ओर्याखोला खर्यान थियो । जहाँ घास काट्न लागेका रेसुङ्गा नगरपालिका १४ रातामाटाका ४४ बर्षिय तिलबहादुर बिकलाई गुल्मिदरबार गाउँपालिका १बलिथुम लुम्पेकगाउँका ३३ बर्षिय पोमबहादुर घर्तीले भरुवा बन्दुक प्रहार गरि हत्या गरेका थिए ।
त्यस विरुद्ध मृतककी श्रीमति गिता बिकले २०७७ फागुन २९ गते जाहेरी दिईन । प्रहरिले निकै ठूलो दुख र मेहनत लगाएर हत्या अभियुक्त उनै पेमबहादुर हुन भन्ने ठहर गर्दै २०७७ चैत्र १५ गते पक्राउ गर्यो र गुल्मिजिल्ला अदालतमा मुद्दा दायर गर्यो ।
पेमबहादुरले भरुवा बन्दुक पड्काएर तिलबहादुरको हत्या मात्रै गरेन्न । इजाजतै नभएको भरुवा बन्दुक चलाएर कानुन कानुन बिपरित काम गरे । उनकै बयान अनुसार मृगलाई मार्न भनि पड्काएको बन्दुक तिलबहादुरलाई लाग्यो । अनि उनी संरक्षितबन्तजन्तु सिकार मुद्दा सहित तीन वटा मुद्दाका अभियुक्त भएको जिल्ला अदालत गुल्मीकै ठहर भएको मिसिलबाट प्रष्ट हुन्छ । तत्कालीन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतिले फैसला गरेको उप्त मुद्दा यस प्रकार छ ।२०७८ चैत्र २२ गते भएको फैसलामानिज पेमबहादुरलाई तीन वटै मुद्दा गरि
साढे दस बर्ष ६ महिना कैद सजाय र एक लाख ५ हजार जरिवाना तोकिएको छ । निजले अदालतको बयानमै आफुले तिलबहादुरलाई कर्तव्य ज्यान गरेको स्विकार गरेका छ्न । हिरामणी भण्डारीको खेतमा इजाजत प्राप्त नगरेको भरुवा बन्दुक द्धारा बन्यजन्तु सरक्षित मृग माथी एकिन निशान नगरी प्रहार गर्दा मानिसलाई गोलि लागि मुलुकी अपराध संहिता २०७४ को दफा १८१ ( २ )बमोजिम ५ बर्ष कैद र ५० हजार जरिवाना हुने ठहर्छ फैसलामा भनिएकोछ्न । त्यस्तै ऐजन को दफा १३२ ( १)बमोजिम इजाजत प्राप्त नभएको हतियार लिई हिडेको सो हतियार बाट मानिसको मृत्यु समेत भएको देखिँदा ऐजनको दफा १३२ ( २ ) बमोजिम २ बर्ष कैद र २० हजार जरिवान हुने ठहर छ । साथै निज प्रतिबादिले ऐ को दफा १८१ र १३२ बमोजिमको एकीकृत कशुर गरेकोले निजलाई ऐजनको दफा ४३ ( २ ) बमोजिम साढे ३ बर्ष ६ महिना कैद र ३५ हजारजरिवाना हुने ठहर्छ । सबै जोडेर कुल माथी उल्लेखित जेल सजाय र उप्त जरिवान तोकिएको छ ।
उच्चले यसरी घटायो सजाय
तर पेमबहादुरका वकिलले पुनरावेदन गर्न पुगे । अन्त्तत उच्च अदालत तुल्सिपुर बुटवल ईजालासले २९७९ मङ्सिर १३फैसला सुनाएर गुल्मी जिल्ला अदालतको फैसला उल्टाई दियो । माननीय न्यायधिश रामप्रसाद ओलि र किरण पौडेललेगरेको फैसलामा पेमबहादुरलाई जम्मा कुल ४ बर्ष कैद सजाय र ३० हजार जरिवाना साथै ७५ हजार क्षतिपुर्ती उपलब्धगराउने उल्लेख छ । जुन कुरा मृतकका परिबारल्र थाह पाउन सकेन्न । त्यस माथी उच्च अदालतबाट आधा भन्दा बढी कैद सजायको छुट पाएका उनै पेमबहादुरलाई संविधान दिवसको अबसरमा राष्ट्रिपतिले त्यही चार बर्ष कैद सजायको बाकी दुई बर्ष पनि मिनाहमाफी गरि दिएपछी उनी सजायमुक्त भएर घर पुगेका छ्न ।
जिल्ला कारागार प्रमुख रेश्मिराज पन्थीले उनी सहित दुई जनालाई मिनाहमाफिको सिफारिस गरेको बताउउछ्न ।
यस घटनामा रेश्मिराजको के राज छ ? अनि सिफारिस गर्ने सिडियोको साथ रहनुमा के रहस्य छ भन्दै दलित अधिकारकर्मीहरु मृतककी श्रीमति गितालाई लिएर सिडियो टेकबहादुर केसिको कार्यकक्षमा पुगेका थिए । दलित अधिकारकर्मी रोम बिश्वकर्मा , झबिलाल सुनार , कृष्ण बिश्वकर्मा लक्षमाण परियार लगात पुगेर एकै स्वरमा भने न्याय मार्ने गरि हत्या अभियोगि पेमबहादुरलाई आममाफीको सिफारिस कसरी गयो सिडियोसाव ? हामीलाई त उनले आममाफी पाउनुमकि त राजनिती दबाव छ कि त आर्थिक चलखेल भन्ने लावेको छ । केहिछिन दलित नेताहरुको कुरा सुनेपछी सिडिओ केसिले छातिमा हात राखेर भने मलाई कुनै किशिमको दबाव पनि छैन र प्रलोभन पनि । कुन कैद कस्तो छ भनेर चिन्ने कारागार प्रमुखले हो मैले चिन्ने कुरै भएन । तीन जनाको सिफारिस आयो र पठाईयो , दुईजनाले आममाफी पाए छ्न । मैले थाह पाएको त्यति हो । उनले गितालाई कुनै किशिमको अशुरक्षा हुन नदिने आश्वासन दिएका थिए । उता छोरी पार्वती सर्बोच्चअदालत जाने राय माग्दै छिन कानुन व्यावसायिहरु सङ्ग ।