
वृद्धाश्रम जस्तै बनेको नेपालको सुन्दर गाँउ हरुमा आज धेरै आमा हरू एक्लै रुने अवस्थामा छन् । आफूले आदि पेट खाएर हुर्काएका सन्तानहरू पखेटा उम्रिए पछि चरीले गुण छोडे जस्तै घर छोडेर बजार झर्ने चलन नेपालमा अहिलेको फेसन बनेको छ ।
गाँउ घरमा तुल फूल पाक्दा खाने मान्छे नाती नातिनी समेत घरमा नभएर मन आत्तिएको वेदना त प्राय सबै आमा बाबाहरुको मन भरिनै छ। त्यस्तै गुल्मी मदाने गाउँपालिका १ अग्लुङ की वृद्ध आमाले गएको गीतले आज धेरैको आँखा रसाएका छन् ।
गीत संगीतमा धेरै प्यारो नाम हो गुल्मेली गायक तथा संगीतकार रामचन्द्र चन्द , उनकै जन्मदाता आमाले गएको गीत “खोली निऊरो” ले आज घर छोडेर प्रदेश बस्ने , शहर पस्ने सबैको मनमा गाउँको याद दिलाउदै छ ।
घर छोड्ने प्रदेश जाने छोराको बाध्यता भएपनि नाती नातिनी बोकेर शहर झरी हाल्नु पर्ने बुहारी लाई रहरकै विषय हो ।
गीतमा आमाले यही पीडालाई नाती नातिनी पनि घरमा नभए पछि सारै मन आत्तिनी भनेर गाउनु भएको छ।
समय अनुसर गीतको शब्द रचना गर्नु हुने हेमनाथ खरेल ले शब्द अनुसारको संगीत पनि बढो गाउँले पाराकै बनाउनु भएको छ ।
आमा सँगै गीत गाउँदै गीतमा बाजाको डिजाइन पनि रामचन्द्र चन्द आफैले गरेका छन्।
रामचन्द्र चन्द नामक युट्युब च्यानल बाट गीतको पूरा भिडियो हेर्न सकिन्छ ।