
मदाने गाउँपालिकाको विभिन्न सरकारी विद्यालयहरुमा आज भोलि सरकारले दिँदै आएको नास्ताको विषय लाई लिएर केही स्थानीय र केही पाटी कार्यकर्ताहरुले पटक पटक सम्म गरेको गुनासोलाई मध्य नजर गरी आज भनभनेको एक स्कूलमा प्रतक्ष्य भिडियो बनाएको छु ।
भनभनेको स्कूलमा जानुको कारण यो स्कूलमा धेरै साना बालबालिका रहेको र थोरै पनि रहेकोले सत्य तथ्य पत्ता लगाउन सकिन्छ भनेर म यो विद्यालयमा गएको थिएँ ।
जसरी स्थानीय र केही पाटी कार्यकर्ताले भने अनुसार यो नास्ताको सम्पूर्ण टेण्डर गाउँपालिकाको मिलेमतोमा रहेको जानकारी आएको थियो तर वास्तविकता भने फरक रहेको जानकारी आएको छ ।
विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष र प्र अ सँग कुरा गर्दा गाउँपालिकाको कुनै पनि मिलेमतो नरहेको त्यो नास्ता बाढ्ने संस्था सिदै हाम्रो स्कूलमा आएको भन्ने स्पष्ट जानकारी दिनु भएको छ ।
हेरौँ/सुनौ सोही विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरु सँगको प्रतक्ष्य कुराकानी !
भिडियो रिपोर्ट
https://youtu.be/C6wW4V6rAr0