
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसकेको दावी गरेको छ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयताको विपक्षमा उभिएको आरोप समेत लगाए।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै उनले सरकार संघीयता विरुद्ध उभिएकाले त्यसको सशक्त विरोध गर्नु परेको बताए। उपसभापति निधिले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी गरे।
उनले संघीयता, गणतन्त्र, समावेशिता र संविधान कार्यान्वयनको पक्षमा आफ्नो पार्टी अझै सशक्त ढंगले अघि बढने तयारीमा रहेको पनि बताए।
उपसभापति निधिले पार्टी भित्र गुट÷उपगुट नरहेकोे दावी समेत गरे। उनले पार्टीको विधान मस्यौदामाथि फरक मत रहेपनि त्यसलाई गुट÷उपगुटको रुपमा बुझ्न नहुने बताए।