
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो दिन १५ किलो सुनका बाला संकलन गरिएको छ । विमानस्थल भन्सार कार्यालयले विदेशबाट बाला आकारमा काँचो सुन ल्याउन रोक लगाएर लगातार सुन त्यस्ता सुन संकलन गरेर राजस्व असुल गरिरहेको छ ।
बुधवार मध्यरातसम्ममा १५ किलो १६ ग्राम सुन संकलन गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए । बुधवार विदेशबाट फर्किएका ३ सय २६ जना यात्रुले सुनका बाला लिएर आएका थिए । तीन दिनदेखि भन्सार काउन्टरमा संकलन गरेर राखिएको १३ दशमलव १२ किलो सुन यात्रुहरुले भन्सार तिरेर लगेका छन् । बुधवार मात्रै ४ सय १० जनाले आफुले ल्याएको बाला भन्सार तिरेर लगेको भन्सार प्रमुख भट्टराईले बताए ।