दोस्रो भेरियन्ट सुरु भएपछि काठमाडौं लगायत देशको धेरै ठाउँ मा भएको लकडाउन को कारण दैनिक मजदूरी गरेर खाने हरुको घरमा बिहान बेलुकी के खाने भन्ने समस्या दिनानुदिन बढ्दै गएको छ ।
यस्तै समस्या देख्न नसकेर मेलम्ची नगरपालिका १० सिन्धुपाल्चोकका प्रकाश भुजेल लगायत को एक टोली अहिले गरिपको चुलो मा आगो फुक्ने धर्म मा लागेका छन् ।
शाही युवा शक्ति नेपाल नामक संस्था को केन्द्रीय सदस्य समेत रहेका भुजेल ले नत कोरोना को दर मानेका छन् भने नयाँ घाम पानी नै भनेका छन् ।आहिले सम्म दोस्रो पटक लकडाउन भएको १ महिना नहुँदै जोरपाटी , नारायणटार लगायत काठमाडौं का विभिन्न ठाउँमा गरी ७० घर भन्दा बढी लाई आफूले राहत बाँडेका छन् ।
समाजसेवी युवा खड्क बहादुर तामाङ च्याङ्बा लामाले पनि यो राहत वितरणको लागि आर्थिक सहयोग गरेर हामी लाई थप आधार र हौसला दिनु भएको छ भन्दै भुजेलले आभार ब्याक्त गरे । भुजेल लाई सोहि सस्थाकै केन्द्रीय सदस्य सुजन तामाङ , भुवन वाइवा लगायत का साथी हरुले हर पहल साथ दिएको प्रकाश भुजेल ले संदेश नेपाल लाई बताएका छन् ।
अत्यनतै दुख भएका ले मात्र सम्पर्क गर्नुहुन अनुरोध गर्दै समाजसेवी प्रकाश भुजेलले आफ्नो सम्पर्क नम्बर टिपाएका छन् :
9843242345/ 9880292376
नोट : रातीमा फोन नगरीदिनुहोला ।