1304 views 0 secs 0 comments

संविधान दिवसको अवसरमा छल्दी युवा क्लव धुर्कोटको दिप प्रज्वलन कार्यक्रम सम्पन्न …

In समाज
३ आश्विन २०७७, शनिबार १९:४४

अाश्विन ३ सनीबार गुल्मी ।
गुल्मी धुर्कोट गाउँपालिका वडा न ५ छल्दी युवा क्लवको आयोजनामा संविधान दिवसको अवसरमा कोभिड 19 को महामारिमा दिनरात अग्र पङ्तिमा रहेर काम गरिरहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र समाजसेवीको सम्मानमा दिव प्रज्वलन गरेको छ ।
अध्यक्ष सुवास पाण्डेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम क्लवका सल्लाहकार सदस्य श्री बोमलाल भण्डारिको विशेष आतिथ्यमा र समाजसेवि तथा बुद्धिजिवि लालमणि शर्मा भण्डारिको प्रमुख आतिथ्यमाअस्थाई प्रहरी पोष्ट धनार्जिका ईन्चार्ज कृष्ण बि क को आतिथ्यमा सुरज पाण्डेको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन शोभाखर भन्डारीले गर्नु भएको थियो ।