1026 views 30 secs 0 comments

सर्वसम्मानका भागेदार सेताबर्दीका आर्मीहरु—

In बिचार
१८ बैशाख २०७७, बिहीबार १४:०५

सर्वसम्मानकाभागेदार सेताबर्दीका आर्मीहरु—
✍?✍?✍? लालमणी भुसाल “अविलासी ”

यस लेखको मुख्य शिर्षकमा पंतिकारले प्रायवाची सब्दभावमा तोक्न वा इन्डिकेट गरि भन्न खोजेका र सम्मान् दिननैपर्ने भनि ठोकुवा गरेका +सेता बर्दिका आर्मीहरु =को हुन्, कुन प्रकारका आर्मी हुन् र तिनीहरु नै किन र कुन कारणले सम्मानका भागेदार हुन् त!!?? भन्ने सवालमा हाम्रा आम जनसमुदायलाई जानकारी नहुन पनि सक्छ। त्यसैले हामी यस सानो लेखको अन्त्यतिर सबैले सहजै नचिनेका र नबुझेका ति सेतोबर्दीधारी आर्मीहरुको बारेमा बताउनेछौं । तर आर्मीको प्रकारको बारेमा भन्नु भन्दा यसको भाव बुझ्नु गाह्रो अवस्य छ। किनकि आर्मी कोहो, के गर्छ, कस्तालाई आर्मी भन्ने, कुन बर्दी र नामको अर्थ केहो भन्नेबारेमा धेरैमा धेरै-थोरै भ्रम अवस्य छ। किनकि आर्मीहरु मानीसले मात्र राखेको हुँदैनन्। मान्छेहरुले नपत्याउन सक्छ्न्। तर आर्मी त जनावर र किट-पतंगले पनि राखेका हुन्छन्। सानो उदाहरणकोलागि कमिला,बारुला,माहुरी,अरिङ्गाल र बाघ-भालु, हात्ती-गैंडा, वनकुकुर-भैंसी,हाइना र बँदेललगायतले पनि आफ्नो छेत्र,सन्तान,र समुदायको रक्छ्याको लागि आ-आफ्नै आर्मी राखेकाहुन्छन्। जे र जस्तो परिभाषा र अर्थमा आर्मीलाई अर्थ्याएपनि खासमा आर्मीको मुख्य अर्थ जे हो र जुन वास्तविक आर्मी भनि संसारले बुझ्दछ तेसैको बारेमा थोरै बताउदा आर्मीहरु र सेरोफेरोका धेरैकुरा स्पस्ट अवस्य हुनेछ ।

न।१ आर्मीको परिचय र प्रकार–
आर्मी भनेका को हुन्??? आर्मी अर्थात सैनिक वा सेना जे भनेपनि संसारभरिमा सबैले बुझीहाल्दछन् कि कुनैपनि देशलेअफ़्नो राज्य वा देशको ईज्जत,स्वाभिमान,सुरक्ष्या र सम्प्रभुताकोलागि विभिन्न शारीरिक, मानसिक,उमेर र शैच्छिक लगायत सबै मापदण्ड पुरागरेका बलवान जवानहरुलाई विभिन्न नैतिक,भौतिक र प्राविधिक तालिमहरु दिएर हातहतियारसहित सुसज्जितपारि पालेर राखिएका देशका पहरेदार हुन्। इतिहासदेखि आजसम्म पनि विभिन्न दार्शनिक,बैज्ञानिक र लेखक वा राजनेताहरुको बहशको विषय बनेको छ कि राज्य (देश) ठूलो कि देशवासी(जनता)। तर सबैको उस्तै उस्तै निचोड छ र सत्य पनि केहो भने देश भन्नुनै जनताहो।देशवासी सवैजनताहरुको साझामंच नै देश अर्थात राज्य हो। त्यसैले नागरिक र राज्य एकअर्काका परिपुरकहुन्। त्यसैले जव देशको शान्ति-सुरछ्या र सम्प्रभुताको सवाल आउँछ त्यो नै त्यस देशका आमनागरिकहरुको स्वतन्त्रता र सम्प्रभुताको सवालहो भन्ने बुझ्नु पर्दछ।त्यशकोलागि संसारमा पटक पटक ठूलाठूला द्रोह-बिद्रोह र खुनखरबि अर्थात युद्ध-महायुद्ध पनि भए।
एक देशले अर्कोदेशको आर्थिक,भौतिक,रणनीतिक,राजनैतिक र सबैखाले स्वतन्त्रताको अपहरणका निम्ति गरिएका युद्ध र महायुद्धका कारण आजपनि हरेक देशले विभिन्न सैनिकभर्ति, सैनिक गतिविधि र हातहतियारमा ठूलो रकम खर्चगर्ने गर्दछन्। यसरि पालेर राखिएका सैनिकहरु त्यो देशका मुख्य शासकको मातहत रहने गरि रक्ष्यामन्त्रालय अन्तरगत राखिन्छ। यसरि पालेर राखिएका देशका पहरेदार सैनिक/आर्मीहरुको नामाकरण्को सवालमा विभिन्न देशले केहि फरक नाम र उपमा ले चिनाएतापनि साधारणतया बाँकी विस्वले सैनिक वा आर्मी नै भन्दछन् र तिनीहरुको बर्दी खैरो र पाटेबाघ जस्तै पाटेखैरो, गेरु र खाकी कलरको हुन्छ।भने कम्युनिस्ट शासन-व्यवस्ता भएका मुलुकहरुका सेनालाइ (राता सैनिक,राता मान्छे,लाल सपुत,लाल तारा र लाल-सेना जस्ता क्रान्तिकारी र सम्मानित् सब्दले पुकारिन्छ र यिनीहरुको बर्दी रातो, गेरु-बैजनिक रातो हुन्छ।यसरि जे र जस्तोसुकै नाम र उपमाले पुकारे पनि सबैदेशका सैनिक-आर्मीहरु मुख्यतय तिनखाले जिम्मेवारीको लागि प्रयोगहुने गर्दछन् ।

नं १–बिपत्ति निवारण र आन्तरिक शान्ति सुरक्छ्या —
यशरि राज्यले पालेर राखेका सैनिकहरुलाई देशभित्र महाअनिकाल-भोकमारी, बाढी-पहिरो, अधिकलामो खडेरी, डुबान, ठुलोठुलो आगलागी,सामुद्रिक आंधी-तुफान, सुनामी, भुकम्प–ज्वालामुखि लगायत दैविकप्रकोप र गृहयुद्ध जस्ता बिपत्तिकाबेला सुरछ्याका अरुनिकायहरु जस्तो–सशस्त्र,जनपद र ट्राफिक प्रहरी ,रास्ट्रीय अनुशान्धानब्युरो,सिमा सुरक्ष्याबल,नेशनल रोयल गार्ड र स्काउट लगायतलाइ साथदिंदै मानवीय सहयोग,सेवा,समाजको शान्ति सुरक्छ्या र बिपत्तिन्युनिकरण र निवारणकालागि खट्ने गर्दछन।

न २ — देशको आन्तरिक विकाशमा सेना —
देशमा शान्ती र अमनचयन भैराखेको अवस्थामा हओस वा जस्तो सुकै विपत्तिको बेलामा–आर्मीहरु देशको विकाशनिर्माण अर्थात देशनिर्माणका हस्ति पनि हुन् । ठूला-ठूला राजमार्ग निर्माण,जलबिद्धुत उत्पादन,स्कुल-कलेजको निर्माण, ठूला -ठूला अस्पतालनिर्माण,हातहतियारको निर्माण र विभिन्न देशहरुमा भैरहेको लडाईं र गृहयुद्ध अनि बिबिध विपत्तिहरुमा राज्यको निर्देशन बमोजिम सहयोगार्थ वा भाडामा गएर सेवा सहयोग गरि देशनिर्माण, विकाश र शान्ति सुरक्छ्यामा साथ् दिंदै देशको विकाश, ईज्जत अनि गौरव बढाउने काम पनि सेना अर्थात आर्मीले गर्दछन् ।

नं ३–आर्मि भनेर संसारले चिन्ने (मुख्य)पहिचान–
आर्मी वा सैनिक भनेर संसारले चिन्ने गरेका रास्ट्रका पहरेदारहरुको अर्को महत्वपूर्ण काम,कर्तव्य, लक्ष्य र देश अनि देशवासीको लागि अपरिहार्य कर्तव्य र जिम्मेवारी भनेको माथि उल्लेख गरेभन्दा धेरै ठूलो र फरक छ। त्यो हो-रास्ट्रीयता,तेसैसङ्ग जोडिएको मानवता, मानवता संगै जोडिएको आत्मियता, बिस्वबंधुत्त्व,व्यक्तिगत स्वतन्त्रता,सामाजिक स्वतन्त्रता,सामाजिक न्याए अनि आम नागरिकको नैसर्गिक अधिकार सहितको रास्ट्र्को सम्प्रुभाताको रक्ष्यार्थ आर्मीहरुले आमा,बाउ, श्रीमती, बालबच्चा र आफ्नो जीवन पनि नभनी देश र देशवासीकोलागि आफ्नो सर्वस्व र सोयम्आफैंलाई त्याग्न कशम् खाएकाहुञ्छन र त्यसै वाचा-कशमअनुसार दुश्मनहरुका शैनिक र गोलाबारुद संग खाइनखाइ युद्धको रणमैदानमा कत्तिपनि नहिच्किचाइ अरुकानिम्ति मर्दछन्।यसरि अरुका निम्ति खाइनखाइ बाटोघाटो वा बनजंगल,शैनिक ब्यारेक वा गल्लि जहाँ भएपनि आफुलाई अरुकानिम्ती प्राणआहुतीदिने वीर–नरनारीहरुनै संसारको शैनिक अर्थात आर्मीहुन् ।
यसरि यत्रो पहिचान बोकेका वीर योद्धाहरुलाइ सबै देशहरुमा आर्मी नै भनिन्छ। तर इनीहरुको बर्दी भने सबैको एकैखाले हुदैन। संसारभरिका देश,त्यहाको भेष,रितिरिवाज,धर्म-संस्कृति र वाद वा दर्शन-विचारअनुशार निर्माण भएको राज्यसत्ताको नियमानुसारको फरक फरक बर्दी हुन्छ। भने इनिहरु स्वेच्छाले देश वा विदेशमा खटिन पाउँदैनन्।राज्यबाट तलव,भत्ता,रसदपानी लगायतका सेवा सुविधा लिने तेही राज्यको नुनपानीको सोझो गर्ने वाचाकशम खाएकोहुनाले यी आर्मिहरुको आ-आफ्नो व्यक्तिगत त परैजाओस तिनीहरुको कमान्डरलेसमेत जतिसुकै कल्याणकारी सोच बनाएपनि,जति उद्दार र दयालु आत्मा भएपनि,जति त्यागि-दानी र मानवतावादी वा परोपकारी भावना भएता पनि राज्यको आदेश पालना गर्नुनै पर्ने भएकोले र आर्मी भित्रै पनि चेन अफ कमान अन्तरगत रहेरै कामगर्नुपर्ने आदेश पालनाको कडानियम हुनिहुनाले दुख पुर्वक भन्नुपर्छ-यिनीहरु बाध्यताबस एकोहोरो,केहि अव्यवहारिक, प्राय अरुभन्दा अल्लिमुर्ख र निर्दयी हुन्छन् आर्मीहरु पेशागत धर्म र कर्तव्यलाई वास्तविक धर्म,कर्म र मर्म-भावनाभन्दा ठूलोमानेर कहिले काहींत अतिनै अमानवीय क्रुर र घृणित कार्यमासमेत सरिक हुन पुग्दछन् भने येस्तोकार्य युद्धकाक्रममा अधिक हुन्छ।यो आर्मिहरुको आफ़्नो निजि व्यवहार,मनसाय, सोच र स्वार्थले गर्दा नभई पेशागत बाध्यता र राज्यसंचालकको मति र गतिअनुशार चल्नैपर्ने बाध्यताले भन्नेमा कसैको दुइमत छैन।मानौ यसका लागि एउटै उदाहरण काफिछ विस्वयुद्धमा हिटलर-मुसोलिनिको नाजीवादी –फासिवादी सेनालाइ लिन सक्छौं।
यसरि सयौंदेशका मान्छे लगायत करोडौं रसियन नरनारिहरुलाई अग्निभट्टी र बम-बारुद्ले उडाउनि हिटलरका आर्मी देखि देशको सम्प्रभुता र प्राणरछ्याका निम्ति हिक्काछाडेर रोइरहेको मानव्क्रन्धनको रक्ष्छ्यार्थ आफ्नै देशको जारशाही र जर्मन इटाली फासिवादी सेनाका बिरुद्ध लडेर रास्ट्र रास्ट्रीयता विस्व मानवताको रक्छ्या गर्ने रसियन राता आर्मी र कोमिन्ताङ्ग सरकार र जापानी शाम्राज्यबिरुद्ध एकैचोटी लडेर चिनिया जनता र देश्को मुक्तिखातिर मरेका करोडौं चिनियाँ जनमुक्ति सेना-आर्मीहरु किन नहोउन् सबै आर्मिनै हुन्। तर उल्लेखित एकाद उदाहरण मात्रले सम्झाउछ कि कुनै पनि देशको सेना त्यो देशको कुनैन कुनै स्वार्थ बमोजिम युद्धमा खटेको हुन्छ। चाहे जाहेज होस् वा नाजाहेज हिजोपनि कैयौं देशका सेना लडेकैथिए ।आजपनि लडिरहेकै छन् र भोलिपनि लडीरहनेवाला छन् जुन् सेताबर्दी बाहेकका आर्मीहरुहुन् ।।
अन्त्यमा अवमात्र हामी सेतोबर्दीधारी आर्मीहरुको बारेमा थोरै केहि चर्चा गर्दर्छौंकि-वास्तवमा कोहुन् त यी सेतोबर्दीधारी आर्मीहरु?? केहो इनिहरुको सेतो वर्दीकोअर्थ?? कुन हो इनिहरुको युद्ध मैदान वा शान्तीको कर्मथलो??? के हो इनिहरुको खास व्यवसाय??? खासमा इनिहरुको महत्व कहिले र कसका लागि कुन अवस्थामा बढी र घटी हुन्छ वा लगातार रणमैदानमै??? अनि विश्वभरिको उच्चसम्मानका भागेदार किन यिनीहरुनैहुन त??? यहाँ हामी बुँदागत् रुपमा खुलस्त पार्न वाञ्छनीय मान्दछौं ।

न १ सेतोबर्दीधारीहरु कोहुन् आखिर ???
संसार मात्र होइन विश्व-ब्रह्माण्ड्भरिका सबै जीव-जीवात्मा र निर्जीव ठानिएका सर्वचिजका आदि देखि अनादिसम्मका ज्ञाता सेतोबर्दिधारीहरु हुन्। हरेक सजिव-निर्जीवका कुण्डली आविस्कारक,प्राण धाराक,प्राण रक्छ्यक र समाधिकारक सबै सेतोबर्दीधारीहरुहुन्। यस अर्थमा सबैखालका सेतोबर्दिधारीहरु देवका पनि देव हुन्।ब्रह्माण्ड लगायत सर्वलोकको उत्पत्ति-आविस्कार यसको सम्रक्क्ष्यण र सजावट अनि सुखद अन्त्य र पुनरुत्थानकालागि भगवान विष्णुले समुन्द्रको सवै बिष आफैंले पिएर विश्व ब्रह्माण्ड्को रक्ष्या गरेजस्तै आफुलाई मिर्त्युशैयामा पुराएर अरुको जीवन र जगतको कल्याण गर्ने सेतो बर्दिधारीहरुकोनाम हामीलेलिनुभन्दात घनलेहानेर फुट्टनैलागेको ढुंगालाईसोधेपनि दिन सक्छ। त्यसैले ब्रह्माण्डका आजका सेतो बर्दीधारी दुईखुट्टे दिमाग्दार-त्यागीहरु उत्पत्ती, शम्रक्षण र आफूजस्तै समाधिस्थलको बाटोमा पुर्याउने ठेक्का लिएका सर्वलोकका पहरेदार हुन् आफुलाई मिर्त्युशैयामा बिना पानी र बिनाआफन्त अरुको जीवनरक्ष्यार्थ्य आहुतिदिंदापनि संकोच र दुराभाव नराख्ने सेतोबर्दिधारीहरु अवस्य पनि दुईखुट्टे पवनपुत्र हनुमानहुन् जसले सम्मानका भागेदारहरु अरुलाइनै मानेर भगवान रामले दिएको अभिर पनि चाकमा दलेका थिए।तिनै त्यागी र कल्याणकारी हनुमान अवतारी सेतोबर्दिधारीहरु सम्मानका भागेदार किन होइनन् त???

नम २ सेतोबर्दीको अर्थ केहोला???
स्मरण रहोस ब्रह्माण्डमा मानिजानिएका र सर्वालोकले पुजिएका देवीदेवताहरुमा सबैभन्दा शालिन,भद्र,बौद्धि,सुन्दर र कल्याणकारी देवीहुन् ।र ति देवी सरस्वती हुन् । तिनै देवी सरस्वतीको मनपर्ने रंग सेतोहो।सेतोरंग शान्ति र अहिंसाको प्रतिक हो।
अर्कोकुरा सेतोरंगमा कुनैपनि फोहर चिज रहन्न रहे देखीइहाल्दछ।सेतोमा कुनै पनि ब्याक्टेरिया बस्दैन बसे पनि डराएर भाग्दछन्। अर्को कुरा सेतोरंग उज्यालो,पुनर्ताजगी, पुनर्जिवन र पुनर्जन्मको ध्वतक हो। सेतो सदै सफा र गडबड सहन नसक्ने हुन्छ। सेतोमा कुनैपनि चिज उदाङ्गो रुपमा देखिईहाल्दछ। तेस्तै सेतो बर्दीधारकहरु तेस्तै सेतो सफा र क्लिअर मनका हुन्छन्।यी र यस्तै धेरैकारणले मानवताका पुजारी जिवन रक्ष्यक नवजिवनदाताहरुले सेतो बर्दी धारण गर्दछन।

न ३ कुन हो यिनीहरुको युद्धमैदान वा कर्मथलो ???
भन्नत सुरुमै हामीले सेतोबर्दीधारीआर्मी भनेकै छौं । हुनपनि अवस्य यिनीहरु आर्मी नै हुन् फरक येत्तिमात्रहो कि- यिनीहरु कुनै देश विशेष,छेत्र विशेष,बर्ग, लिङ्ग,जाति,भूगोल र शासन सत्ता विशेष हुदैनन्।परिवन्द र स्वार्थको घेराभन्दा बाहिर हुन्छन। अर्को कुरा इनिहरुमा बाकि बर्दिधारीहरुमा जस्तो चेनअफ कमानको दासताशैलि र क्रुरता हुन्दैन तेस्को बदला सोविवेक सहितको दयामाया र सेवा भाव अहमहुन्छ।एकल, समुहगत र संस्थागत जस्तो परिस्थिति उस्तै इनिहरुको कर्मथलोमा निर्णय हुने गर्दछ। अर्को कुरा इनिहरु बाँकी बर्दिका आर्मीसरह ठुल्ठुला हातहतियार र गोलाबारुद संग हुदैनन् र मार्नु मराउनुको द्वेष अहंकारको बदला बाँच र बचाउको सिद्धान्त नै इनिहरुको लोगो हो।बाँकी बर्दिधारी सैनिकहरु इगो र बदलाको भाव लिएर युद्ध मैदानमा उत्रेका हुन्छन तर सेतो बर्दीधारीहरु दया,माया, करुणा,सेवा र सत्कार सहितको प्राण रक्ष्याको जिम्मेवारीमा आँशुमा आँशु मिलाउंदै सरिरमा प्राण भर्दै अघि बढ्द्छन् । इनिहरुको युद्ध मैदान बाँकी बर्दिधारी आर्मीहरुको युद्ध मैदानमा लडेका घाइतेहरु देखि सारा अस्पतालका शैयाहरुनै हुन्। जहाँ मानवता मात्र होइन प्राणीको दुख बेदना, रोग-ब्याधि,युद्ध, दुर्घटना,र काल-अकाल मिर्त्युभयमा चित्कार छोडेको हुन्छ त्यहि र त्यहीं नै सेतोबर्दिधारीहरुको युद्धमैदान वा कर्मथलो हो ।

न ४ केहो ब्यबसाय ???
आर्तहरुको चहराइरहेको घाउमा मलम पट्टी लगाउनु।निरासामा आशा भर्नु चोट्मा खत भर्नु सजिव् बाट निर्जीव हुन नदिनु। क्रन्धन्को आवाजमा भोकै अनिन्द्रै खटेर उद्दार गरि स्वर्गको बाटो फराकिलो पार्नु र केहि रकम लिएर जोहों गर्नु सेतोबर्दीधारीहरुको दैनिकी अर्थात दिनचर्या हो। व्यक्तिगत,सामुहिक,सु-शंगठित वा एकल जे र जसरि पनि सजिव निर्जीव देखि सारा प्राणि र मानवताको सेवा गरि त्यसबाट आएको दौलतले अगाडिका पाइला चलाउँदै सन्तुस्ट हुनु इनिहरुको ब्यवसाइक धर्महो ।

न ५ महत्व कसका लागि कहिले देखि कहिले सम्म—-
बाँकी बर्दीवाला आर्मीहरुको खास महत्व युद्ध्को बेलामा अत्यधिक हुन्छ। अघिपछी परिआउँदा भनेर राखिएको हुन्छ। थोरै धेरै काम कारवाही भएतापनि उल्लेखनीय गतिविधी र महत्व गौण हुन्छ।भने यी सेतोबर्धिधारी आर्मीहरुको महत्व संसारमा हिजोपनि उत्तिकै थियो।आजपनि र भोलिका दिनहरुमा झन् बढी हुनेछ।इनिहरु कसका लागि बढी र कसका लागि कम भन्ने हुँदैन।सबैका लागि र हरपल सबै समयमा उत्तिकै महत्व हुन्छ।

नं ६ सम्मानका भागेदार किन इनिहरुनै हुन् र इनिहरुलाई पनि आर्मिनै किन भनियोत??????
हामीले प्रस्टरुपमा बुझिसकेका छौं कि आर्मी कसलाई र किन भनिन्छ। सधैंभरि खाइनखाइ दुखिबिमारी, सन्चो-बिसन्चो नभनी जहाँ युद्ध र रोगब्याध,काल-अकाल मिर्त्यु र शंकटमापरेको प्राणीको प्राणरक्ष्याकोलागि अहोरात्र खट्द्छन। विपदको बेला प्राणीको अन्तस्करण्बाट निस्कने चित्कार सुनेर आफ्नो जीवनलाई हत्केलोमा राख्दै अरुको आँसु,रोदन र चित्कार निवारणमा आफ्नो जीवन समर्पण गर्ने हुनाले इनिहरुलाई आर्मी भनिन्छ। फेरी साँचो भन्दा बाँकी बर्दिधारिका आर्मिहरुको जतिबेला र जुन जुन ठाउमा काम बढी आउँछ ति सबै छेत्रमा सेतो बर्दिधारीआर्मी नपुगेसम्महुँदैन। खटनमा पनि सबैभन्दा रक्तपातमा मुछिएर देशको रक्ष्यार्थ लडेका आर्मिभंदा इनिहरुको खटन कम कदापि हुदैन। आर्मीले धोम्स गर्दै घाइते बनाएका घाइते देखि सैयामा रोएका बिरामी हरुको घाउमा मलम पट्टि लगाउन इनै सेतोबर्दिधारी आर्मी नपुगेसम्म हुँदैन। खासमाभन्दा आजको दिनमा त धर्ती-ब्रह्माण्डको उत्पत्ति,विकाश र यसको सम्रक्ष्यन-सम्ब्रद्धन कर्ता यीनैहुन्।हुँदा-हुँदा पशुपन्छीसम्मको ग्रभधारण देखि पेटको शिशुको स्वास्थ्य-सुरक्ष्या गर्दै जन्म गराउने,जिबनभरि स्वास्थ्य उपचार र मृत्युकोबेला सलाइनपानि र इन्जेक्सन दिने पनि इनैहुन्।यस अर्थमा मानवजाति मात्र नभई सम्पूर्ण प्राणि र सारा चराचर जगतको रक्ष्याकानिम्ति जीवनभर र मिर्त्युको अन्तिम्म घडीसम्म अरुकै जीवन रक्ष्याकालागि आफुलाई त्यागेर अरुलाई बचाउने सेताबर्दीकाआर्मीहरु अर्थात सबै संसारका चिकित्सक–डाक्टर सिंगो चिकित्साजगत सम्पूर्ण हिसाबले सम्मानका हकदार र भागेदार किन होईनन्?????
✍?✍?✍?✍? लालमणी भुसाल “अविलासी”