1930 views 1 sec 0 comments

समाचार, स्टाटस, लेख अादि लेखेकै आधारमा मर्नु पर्छ भने म तयार छु… फाँसी दिए हुन्छ !

In बिचार
७ बैशाख २०७७, आईतवार १८:४९

समाचार, स्टाटस, लेख अादि लेखेकै आधारमा मर्नु पर्छ भने म तयार छु… फाँसी दिए हुन्छ !

म याे देशकाे यस्तो नागरिक हुँ कि सम्झिँदा अाफैँलाई सरम लागेर अाउँछ । म आफ्ना गल्ती र कमी-कमजोरीको कारणले भन्दा पनि समाज र संस्कारको कारणले बिग्रेको महशुस गर्छु । किनकी समाज र म धेरै फरक धारका छाैँ । म देशका लागि बलिदान दिन तयार युवा हुँ तर यहाँ
समाज परिवर्तन गरौँ भन्दा आतंककारीकाे दर्जा दिइन्छ  !
रुढिवादी परम्परा, संस्कार परिवर्तन गरौँ भन्दा धर्म र कुल बिरोधी कुपुत्रकाे शंज्ञा दिइन्छ !!
नियत बस पटक पटक गल्ती गर्नेलाई कर्तव्य बाेध गराउन दुई झापड दिन खोज्दा डन नामाकरण गरेर तर्साउन खाेजिन्छ यहाँ ।

मध्यम वर्गिय परिवारका युवाहरू बिदेशी मूलुकमा रगत र पसिना बगाउँछन् । परिवारकाे भाेकाे पेट भर्न र नाङ्गाे शरीर छाेप्नका लागि मात्र । अाधा पेट भरेर रातदिन अर्काकाे देशमा पसिना बगाउनुको पीडा उनीहरू बाहेक कसले बुझ्न सक्छ र यहाँ ।
यसरी कमाएकाे पैसा, एक रुपैयाँ ब्याजमा लिने र डेढ /दुई रुपैयाँमा त्यही गाउँमै ब्याजमा लगाएर गरिबलाई लुटेर झन गरिब बनाउने ति शाेषक, ठूला ठालूहरूबाट २/४ हजार ऋण लिएर २/४ महिना तिर्न सकिएन भने मात्र गुण्डाकाे पहिचान दिइन्छ यहाँ।

गाँउका टोलटोल, गल्लिगल्लिमा खुद्रा पसलकाे बहनामा रक्सी बेचिन्छ । सस्ताे रक्सि दिनभर पसिना बगाएर बेलुका थकान मेटन थाेरै पैसा बचत गरेर किन्न सक्ने कामदारदेखि रक्सिमा हरेक दिन पैसा उडाउन सक्ने महाजनका लागि समेत ।
यसरी रक्सी बेच्नु कानूनी अपराध हाे । रक्सि बेच्न त पसल दर्ता गरेर लाइसेन्स लिनुपर्छ भन्ने जानकारी दिइयाे भने अाफू हाँसाेकाे पात्र बनिन्छ । न उनीलाई लाइसेन्सकाे महत्व थाहा नभएकाे हाे वा लाइसेन्स लिनुपर्छ भन्ने जानकारी नै नभएकाे हाे । यसमा काे कमजाेरी छ सरकार वा रक्सि पसले ?

रक्सिको पनि लासेन्स हुन्छ र भाइ । म त बाईकको निकाल्ने भनेको ट्राईल कटाउन नसकेर त्यही पनि छैन भन्ने ति पसलेहरूलाई खाद्यान्न पसल राख्न समेत दर्ता गर्नुपर्छ भन्ने थाहा छैन तर ती नै व्यक्ति व्यवसाय गर्न तालिम दिन्छन यहाँ।

हरेक दिन रक्सि र भुटनकाे भाेज गरेर अाफूँलाई गाउँकाे वरिष्ठ वा दादा भन्न रुचाउने ठेट्नाहरूले अरुलाई दुई बाेतल बियर किनेकाे आधारमा नै जडया भनि चिनाउन पछि पर्दैनन् यहाँ।

खोला पारीको गाँउ बाट ५ लिटर लोकल रक्सि किनेर १०लिटर पानी थपेर १५ लिटरको गाग्रीमा राखेर दिनभरीको कामको थकाइ मार्न साँझ २ ग्लास पिउने गरिब किसानलाई ५० रुपैयाँ गिलासको दरले बाेइलर कुखुराको घाँटीसँग बेच्ने ती सबैभन्दा तल्लो स्तरका लुटेराहरूले आफूलाई संसारकै ठूलो साहु बिलगेट्स सम्झन्छन् र बोली पिछे भन्ने गर्छन् `बालै भएन “। हाे पनि उनीहरूलाई ठगिकाे नाममा कसले गर्ने मुद्दा र  कसले गर्ने कारवाही । रक्सिकै भरमा सबै पालिन्छन् यहाँ ।

७ कक्षा प्रवेश नगर्दै पाउडर र लिपिस्टीक दलेर विद्यालय जाने बालिकाहरूकाे पढाइ र व्यवहार कस्ताे हाेला । यसरी विद्यालय जाने बालिकाहरूलाई सृंगारकाे विषयमा सिकाउन नसक्नु विद्यालयकाे कमजाेरी हाे वा परिवारकाे ? यस्ता अधिकांश बालिकाहरू प्रेममा डुबिसकेका भेटिन्छन । बाटाेमा प्रेमकै विषयमा छलफल गर्दै उश्रृङ्खल भएर हिँडेका देखिन्छन् । कोठामा चुकल लाएर भिडियो कल र अनेकाैँ प्रकारका भिडियाेमा रमाउँछन् रातभर । याे समयकाे माग हाे कि, परिवारले शिक्षाकाे महत्व  नबुझेकाे हाे वा अाधुनिकीकरण …?

हरेकपल माेवाइल र प्रेमिसँग रमाउने विद्यार्थीलाई किताब कति वटा छन् भनेर प्रश्न गर्दा माैन हुन्छन उनीहरू । उनीहरू विद्यालय त जान्छन घर परिवार र समाजकाे लागि तर उनीहरू कक्षा, परीक्षा र जाँचकाे ज्ञानभन्दा बाहिर नै हुन्छन् तर रिजल्ट आउँदाको दिन सरलाई गालि गर्न भने उनीहरू नै अग्रसर हुन्छन । भन्छन् `मैले त सबै लेखेकाे थिएँ त्यसको ओपुतली जानीले लाइदेछ ।´ याे कस्ताे शिक्षा हाे ।

बाबु बिदेशमा पसिनाले पैसा किन्दै छन् छाेराछोरीको भबिष्यको लागि तर उनीहरू त्यही पैसाकाे अाडमा हरेक दिन रमाउँछन् फेसबुक र युटुवमा । आमा उनीहरूकै सपोर्टमा हुन्छिन् जस्ताेसुकै काममा पनि । 
जतिबेला कोठामा चुकल लाएर पढेकाे देखिन्छन् अामाले तर देख्दिनन् म्यासेज पढेकाे ,फेसबुक र युटुव पढेकाे ।
# तिमीहरूकाे अहिले फेसबुक चलाउने समय हैन पढाइमा ध्यान दिनुपर्छ याे समयमा । एकपटक बाबुलाई सम्झ त अर्काकाे देशमा कसरी दुख गरेर कमाएका हाेलान् । उनको हालत कस्ताे हाेला भनेर सम्झाउँन काेसिश गरेकाे मात्र के थिएँ आमा जङ्गि हालिन `छैन भो एकै छिन बाउ सीत बोलेइ थी त्यई हो ! ए हस आमा हस भन्दै म निस्किएँ ! ” के यसमा अामाकाे कुनै दायित्व छैन छाेराछाेरी प्रतिकाे । कि छाेरीछाेरी प्रतिकाे जिम्मेबार बाबुकाे मात्र हाे ? यस्ता झिनामसिना कुराकामा गरिने हेलचेक्य्राइले गर्दा नै बालबालिकाकाे भविष्य अन्धकार भएकाे साेचेर सम्झाउने काेसिस गर्दा फलानाकाे छोराको शहर बसेर अाकाे ठाँउमा खुट्टो छैन भनेर परिवारलाई समेत अपमान गरिन्छ यहाँ।

१५ वर्षकाे बालकलाई मजदुरी गर्न बम्बइ पठाउने निर्णय भएकाे हल्ला फैलिएछ गाँउमा । अाफूँ एक जिम्मेवार नागरिक भएकाे हैसियतले किन यस्ताे निर्णय गर्नुभएकाे हाे । बाबू सानै छन् । उनकाे अहिले बिरानाे मूलुकमा गएर कमाउने उमेर हैन पढनु पर्छ याे उमेर । पढाइजस्ताे ठूलाे कुरा केही हुन्न भनेर भन्न सुरु मात्र गरेकाे थिएँ  : छोराले जती पढेनी पैसै कमाउने त हो । पढेकाले पो के गरेका छन र । याे देशमा जति पढे पनि त्यही हाे । अर्काकाे नाेक्करी नगरी हुन्न । सरकारी जागिर खाउँ भने एक महिनाकाे तलबले राम्राेसँग खान पुग्दैन । टन्न कमाएर सुखयलमा जिन्दगी बिताउन कि नेता नै हुनुपर्याे कि त नेताले पाल्ने डन नै । हाम्राे त्याे अाैकात छैन त पढेर के गर्ने । उनीहरूकाे कुरा सुनेर म वाक्क भएँ । हाे मैले पढेर पनि के नै गर्न सकेकाे छु र । न अाफ्नाे लागि, न समाज, न देशका लागि गर्न सकेँ । तै पनि पढनु र नपढुमा फरक हुन्छ भनेर यसाे नगर्नुहाेस् कम्तिमा १२ पास गर्न दिनुहाेस् भन्दै थिएँ , फलानाकाे छोरा अरुले पैसा कमाउन लागेकाे देखेर डाहाले मर्न लाग्याे भन्छन् यहाँ।

म हरेकपल बिर्सन्छु साेझाे रूखलाई नै छानीछानी काटिन्छ भनेर त्यसैले समाजका हुन लागेर कुरिति कुसंस्कारलाई नदेखेझैँ गरि अाँखा चिम्लिन सक्दिनँ र समाजकाे रङ्गमञ्चमा चलिरहेकाे नाटककाे एउटा हाँसाेकाे पात्र बन्छु यहाँ ।
म राजनितिकाे बारेमा राम्राेसँग नबुझ्ने युवा कसरी बुझ्न सक्छु र यहाँ स्वतन्त्र रूपमा सास फेर्न पनि कुनै पाटीमा अावद्द हुनुपर्छ । म समाजमा हुन लागेका विकृति राेक्न खाेज्ने युवा कसरी थाहा पाउन सक्छु यहाँ हरेक शब्दमा झुटकाे खेति गर्नुपर्छ भनेर । के याे समाजमा रहनलाई फरक संस्कार सिकाएर गलत त गरेनन मेराे परिवारले ।

सबैबाट अपहेलित र दमित हुँदै कानूनकाे साहरामा जीउन सक्ने सपना बाेकेर न्यायकाे मन्दिरमा प्रवेश गर्न खाेज्दै थिएँ अदृश्य खबरीले कानमा खुसुक्क सुनाइदियाे `तँ कुन भ्रममा बाँचेकाे छस् । तँलाई थाहा छैन र कानून त धेरै पहिला नै बिकिसक्याे नि । तै पनि अाफ्नाे हातमा हरेक दिन माेलमाेलाई गरिरहेका हुन्छन् …. डट डट डट हरूले त्यसैले तँ फर्कि यहाँबाट । त्यहाँ गएर अाफ्नाे अपमान अाफैँ नगर । म छक्क पर्छु कसले सुनायाे मलाई याे खबर । के कानून साँच्चै बिकेकै हाे त । हाे भने किन्ने काे हुन र बेच्ने काे ? के तिनीहरूलाई केही कारवाही हुँदैन ? न्यायमूर्तिकाे चरणमा निहुरिन लागेकाे शिर एकाएक ठाडाे हुन्छ र म त्यहाँबाट निस्कन्छु गन्तव्यहिन यात्रामा ।

आफ्नो आँखाले देखेको र भाेगेकाे जनयुद्ध : सहिद परिवार, बेपत्ता परिवार , घाइते परिवार र १० वर्ष देश र जनताको मुहार फेर्न लडेका ती वीर लडाकुहरूलाई सम्झेर आँखाबाट आँसु बग्ने मात्र हैन शरिरकाे रगत पनि पानी बनेर बग्न अातुर हुन्छ । जतिबेला नेपालमा द्वन्द थियो, अप्ठ्यारो परिस्थिती थियो, त्यो बेला नेपाल असुरक्षित ठानेर ठूलाबडा टाउकेका आफन्तहरू विकसित देश गएर लुके । कराेडाैँकाे चलखेल गरेर अहिलेसम्म मोज गरिरहेका छन् ।
एकातिर जनमुक्तिसेना खोर्सुका बोक्रा चपाउँदै लडे लडदै थिए । अर्कातिर देशका रक्षकहरू  कतिबेला कहाँ ढल्ने थाहा थिएन कस्ताे दर्दनाक अवस्था थियाे देशकाे । यस्ताे हालतमा जनताकाे अवस्था कस्ताे थियाे भन्ने कल्पना गर्न पनि सकिन्न ।
देशमा शान्ति अाउला, जनताले चाहेकाे संविधान बन्ला भनेर नै जनयुद्द भएकाे थियाे भनिन्छ । देशमा शान्ति छायाे । संविधान बन्याे तर के जनताले खाेजेकै संविधान बन्याे त ? बन्न त बन्यो केबल एउटा किताब मात्र …

साँच्चै देशका लागि लड्नेले अाफूले खाेजेजस्ताे संविधान पाए त ? गरिबकाे, जनजाति, दलितकाे नाम बेचेर युद्द गरियाे युद्दबाट यिनीहरूले के पाए त ? पाए त केबल माथी बसेर हुकुम चलाउने टाउकेले मात्र । जनताकाे सेवा र देशकाे विकास त नाममा मात्र सिमित रह्याे । साँचै सेवा गर्न चाहने, विकास गर्न चाहने देशभक्त नागरिक नभएका पनि हैनन् तर यिनीहरूलाई विकास गर्न दिइन्छ त ? सुरुवातमा नै खुट्टा तानिन्छ कहिल्यै उठन नसक्ने गरि ।

केही वर्ष विदेशिएर दाम र नाम कमाएका व्यक्तिहरू चुनिन्छन चिर्वाचनमा के उनिहरूले पैसाकाे भरमा देश विकास गर्न सक्लान् त ।
जसलाई गाँउको बारेमा राम्ररी थाहा छैन शहर बसेर राजनिति गर्छ । त्याे पनि स्वार्थ राजनिति जता फाइदा भयाे त्यही पार्टीकाे नेता के उसले गाउँकाे विकास गर्न सक्छ त ? उसलाई राजनैतिक स्थान दिनु हाम्राे गल्ति पाे हाे कि ?
आफ्नो घर खेतसम्म पायक पर्ने गरि खनिनु पर्छ गाडि कुदने बाटाे नत्र हाम्राे पार्टीले बिराेध गर्छ । के गाउँका २-४ जना पावर र पैसावाल भनाउँदाकाे खेतबारीमा बाटाे नजादैमा सडक निर्माण गर्नै नदिने हाे त पार्टीले ? के पार्टी तिनै व्यक्तिबाट मात्र बनेकाे हाे त ?  गरिबको झुपडि ताेडियाेस्, बास उठाेस्, बसाइ सर्नु पराेस् यतिसम्म कि उसले मागेर खान पराेस् तर राजनितिकाे नाममा घिन लाग्दाे खेल खेल्ने व्यक्तिका घर अागनसम्म बाटो र गाडी पुगाेस् । यसरी गरिन्छ राजनिति यहाँ ।
एक आमाका दुइ सन्तान लडाएर बलेको आगोमा  राप लिने बरिष्ठ भनाउदाहरूले गरिब र निमुखाको चुलोमा आगो बालेका छन् त ? भनेर प्रश्न सोध्यो भने मात्र पनि देशद्रोही /आतंककारी भइन्छ ।

देशका कुना कुना पुगेर लुकेका ,लुकाइएका , थिचिएका, थेचारिएका र ओझेलमा परेका निमुखाहरूकाे आवाज मिडियासम्म पर्याउँदा मात्र पनि राजनिति हुन्छ यहाँ । हरेक घटनाहरू राजनितिसँग जोडिन्छ । के त्यस्ता व्यक्तिहरूकाे अावाज जनमानसमा पुर्याउन राेक लगाइएकै हाे त ? यदि हाे भने कानूनमा स्पष्ट लेखियाेस् हैन भने एउटा स्टाटस फेसबुकमा हाले कै आधारमा समाचार र लेख लेखेकै अाधारमा कहिले कुन गल्लिमा मरिने हो भन्ने त्रास बाेकेर कति दिन बाँच्ने …?

अन्जानमा थाेरै गल्ति हुन पुगे यहाँ कानुन, मुद्दा र क्षतीपुर्तीको अावाज उठ्न थाल्छ । तिलकाे पहाड बनाउन काेही पछि पर्दैन । तर राम्रो पक्षको वर्णन गर्यो भने कति पैसा खाएर लेख्यो नि त्यसै त लेख्थ्याे र भन्दै रातारात जुम्रालाई दाना पानी भरेर हात्ती बनाइन्छ यहाँ ।

अर्थ, व्यवसाय, पर्यटन, साहित्य, संस्कृति र लोकतान्त्रिक गणतन्त्रसहितको समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित विभिन्न सन्देशमूलक लेख , फोटा, भिडियो र कसैको ओझेलमा परेको पीडाको आवाज , कसैले कसैमाथी गरेको दमन र अत्याचार , देश , प्रदेश हुँदै गाँउ समाजसम्म हुने विभिन्न कालोबजारी र अबैध धन्दाहरू , समाजमा घट्ने विभिन्न कारुणीक घटनाहरू, चोरी डकैती, गुण्डागर्दी, अपराधी ,बलत्कारी, तस्करी, घुसखोरी र देशका सामान्य कर्मचारीदेखि मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतीको पनि सत्य प्रमाण सहितको खबर आएमा पोष्ट गरेरै छोड्ने छुँ ।

मदन भण्डारी हत्याकाण्ड, राज दरबार हत्याकाण्ड, निर्मला पन्त बलत्कारजस्ता कयाैँ दर्दनाक घटनाहरू घटाइने देशकाे नागरिक हुँ म ।मलाई यो देशमा कसैले सुरक्षा देला भन्ने त मैले कल्पना पनि गरेको छैन ” त्यसैले म लेख्न छोड्ने छैन । मेराे कलम निरन्तर चलिरहनेछ छ देश र जनताकाे नाममा…
✍?✍?✍? कमल भुसाल “चञ्चल ”